६ वैशाख २०८१ बिहीबार
राजनीति

महेश वस्नेत एक सय ३७ मतले मात्रै पछाडि

भक्तपुर निर्वाचन क्षेत्र नं २ मा एमालेका महेश वस्नेत झिनो मतले मात्रै पछाडि परेका छन्। मंगलबार साँंझ साढे ६ बजे सार्वजनिक मत परिणाम अनुसार वस्नेत एक सय ३७ मतले मात्रै पछाडि परेका छन्। यसअघि उनी घटीमा पाँंचसयदेखि वढीमा एक हजार दुई सयसम्मको मतले निरन्तर पछाडि थियो।

पछिल्लो परिणाम अनुसार कांग्रेसका दुलर्भ थापाले १९ हजार दुई सय ७० मत पाएका छन्। वस्नेतले १९ हजार एक सय ३३ मत पाएका छन्। तेश्रो स्थान नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार अनुराधा थापामगरले सुरक्षित गरेकी छिन्। थापामगरले पाँच हजार एक सय ११ मत पाएकी छिन्। मतगणणा निरन्तर जारी नै रहेको छ। यहाँं ६५ हजार नौ सय ३५ मत खसेको थियो।

यस क्षेत्रमा सुरुदेखि नै कांग्रेसका दुलर्भ थापा निरन्तर अग्र स्थानमा रहँंदै आएको छ। आइतबार रातिदेखि पछाडि पार्दै आएको थापाले मंगलबार साँंझसम्म पनि अगाडि नै रहेका छन्।

उता भक्तपुर क्षेत्र नं १ मा एमालेका नवराज गेलाल अगाडि छन्। उनलाई नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पछ्याइरहेका छन्। भक्तपुर निर्वाचन क्षेत्रको चाँंगुनारायण क्षेत्रको मत गणणा सकिएको छ। अव भक्तपुर नगरपालिका क्षेत्रको मात्रै मतगणणा बाँंकी छ। यो नेमकिपाको गढ हो। यहाँंको मतगणणाको सुरुवातसँंगै सुवाल अगाडि आउने निश्चित छ।

एमालेका नवराज गेलालले ६ हजार आठ १७ मत पाएका छन् भने नेमकिपाका प्रेम सुवालले ५ हजार दुुई सय ५९ मत पाएका छन्। भक्तपुर क्षेत्र नम्बर १ मा कुल ७४ हजार मत खसेको थियो। यो नतिजा  ३४ हजार मतसम्मको हो।

भक्तपुर १ क चाँंगुनारायण प्रदेशमा भने कांग्रेसका सुरेश श्रेष्ठ अगाडि छन्। भक्तपुर क्षेत्र नं २ ख भक्तपुर नगरपालिकाको मत गणणा भने थालिएको छैन। उता भक्तपुर क्षेत्र नं २ ख मध्यपुर थिमि क्षेत्रमा सता गठबन्धनकोतर्फबाट नेकपा एसका डा राजेन्द्रमान श्रेष्ठ अगाडि वढेका छन्। यहाँं दोश्रोेमा एमालेका चन्दनकृष्ण श्रेष्ठ छन् भने तेश्रोमा नेमकिपाका रमेश वैद्य छन्। उता भक्तपुर क्षेत्र नं २ क सूर्यविनायकमा भने एमालेका किरण थापा अगाडि छन्। उनलाई कांग्रेसका विष्णुराज कार्कीले पछ्याइरहेका छन्।

भक्तपुर क्षेत्र नं २ मा आइतबार राति दुई बजेबाट गणणा सुरु भएको थियो। भक्तपुर २ को मतगणणा मध्यपुर थिमि बोडेको कृषि विकास तालिम केन्द्र बोडेमा भइरहेको छ। भक्तपुर क्षेत्र नं १ को मतगणणा सोमबार विहान नौ बजेदेखि नेपाल विद्युत प्राधीकरण खरिपाटी केन्द्रबाट सुरु भएको थियो।

प्रकाशित: ६ मंसिर २०७९ १३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App