१५ चैत्र २०८० बिहीबार
राजनीति

चितवन क्षेत्र नम्बर २ मा रविले लिए १४ सय बढी मतको अग्रता

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलेले अग्रता कायमै राखेका छन्। लामिछानेले अहिलेसम्म १ हजार ४०५ मतले एमालेका कृष्णभक्त पोखरेललाई पछि पारेका हुन्।  

लामिछानेले ५ हजार ७९८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ४ हजार ३९३ मत प्राप्त गरेका  छन्।  

यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ३ हजार ८५३ मतसहित तेस्रो स्थानमा छन्। सुरुवाती मतगणनामा पछि परेका लामिछाने केहिबेरबाट भने निरन्तर अगाडि रहेका छन्।  

कालिका नगरपालिकमा गन्न थालेपछि लामिछानेले आफुलाई निरन्तर अगाडि बढाएका  छन्।

प्रकाशित: ६ मंसिर २०७९ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App