चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले अग्रता लिएका छन्। १५ हजार ४०४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बराललाई ५३२ मतले पछि पारेका छन्।
पाण्डेले ४ हजार १८८ मत प्राप्त गर्दा बरालले ३ हजार ६५६ मत ल्याएर दोस्रो स्थानमा छिन्। बराललाई पछ्याउँदै (नेकपा माओवादी केन्द्र)का भोजराज अधिकारीले ३ हजार ५७९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले २ हजार ९५४ मत प्राप्त गरेका छन्। यसअघि विजयी भएका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल यहाँबाट छाडेर गोरखा पुगेका थिए। उनले भोजराज अधिकारीलाई आफ्नो उत्तराधिकारीका रुपमा अघि सारेका छन्।
प्रकाशित: ६ मंसिर २०७९ ०७:३८ मंगलबार