coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इलाम १ मा एमालेका बस्नेत अघि–अघि, नेकपा (एस)का खनाल पछि–पछि

इलाम क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा (एमाले)का उम्मेदवारसँग १ हजार २ सय ७ मतले पछि परेका छन्। एमालेका उम्मेदवारले निरन्तर रूपमा मतान्तर बढाउँदै लगेका छन्।

मध्याह्न १२ः३० बजेसम्ममा १८ हजार ५ सय २१ मत गणना गर्दा एमाले उम्मेदवार महेश बस्नेतले ८ हजार ५६ मत ल्याएका छन्। नेता खनालले ६ हजार ८ सय ४९ मत ल्याएका छन्। सुरुदेखिकै गणनामा एमाले उम्मेदवार बस्नेतभन्दा खनालको मत कम देखिएको छ।  

क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ। अहिलेसम्मको गणनामा ८ सय ५८ मत बदर भएको छ भने १७ हजार ६ सय ६३ मत सदर भएको छ।  

प्रकाशित: ६ मंसिर २०७९ ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App