८ वैशाख २०८१ शनिबार
राजनीति

बैतडीमा एमालेका भण्डारीको अग्रता

बैतडीमा प्रतिनिधिसभा तर्फ नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले अग्रता कायमै राखेका छन्। ८ हजार ३ सय ३६ मत गणना हुँदा एमालेका भण्डारीले ४ हजार १० मत सहित अग्रता लिएका छन्। उनलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)ले ३ हजार २ सय ९६ मतका साथ पछ्याइरहेका छन्। भण्डारीले ७ सय १४ मतको अग्रता लिएका छन्।

यस्तै प्रदेशसभा क्षेत्र नं. १ मा एमालेका सुरेन्द्रबहादुुर पाल ३ हजार ९ सय ६७ मतका साथ अग्रस्थानमा छन्। उनलाई स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले पछ्याइरहेका छन्। भण्डारीले २ हजार ८ सय ८७ मत ल्याएका छन्। गठबन्धनबाट कांग्रेसका बीरबहादुर बिष्टले १ हजार ५ सय ३९ मत ल्याएका छन्।

प्रदेशसभा क्षेत्र नं.२ मा कांग्रेसका शिवराज भट्ट ४ हजार ४ सय ८८ मतका साथ अग्रस्थानमा छन्। एमालेका लिलाधर भट्टले ४ हजार २ सय ४१ मत ल्याएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ ०५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App