८ वैशाख २०८१ शनिबार
राजनीति

बाबुराम भट्टराईको दाबी: गठबन्धनको स्पष्ट बहुमत आउँछ

मतदान गर्दै बाबुराम भट्टराई।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गठबन्धन दलको स्पष्ट बहुमत आउने दाबी गरेका छन्।  

गोरखा क्षेत्र नम्बर २ को पालुङटार १ खोप्लाङ अन्नपूर्ण मावि केन्द्रमा मतदान गरेपछि प्रतिक्रिया दिँदै उनले भने, ‘गठबन्धनको स्पष्ट बहुमत आउने देखियो।’ अबको पाँचवर्ष गठबन्धनको स्थिर सरकार रहने उनले बताए।  

‘नो नट अगेन’ जस्ता अभियान युवाहरुको आक्रोश रहेको बताउँदै उनले यसलाई सुन्ने, मन नगर्ने र आगमी निर्वाचन सम्म यो शून्य हुने बताए। साथै उनले दलहरुका लागि चेतावनीको रुपमा पनि यस्ता अभियान देखिएको बताए। मतदान केन्द्रहरुमा मतदाताको सहभागीता भने कम देखिएको उनले बताए।

प्रकाशित: ४ मंसिर २०७९ ०७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App