५ वैशाख २०८१ बुधबार
राजनीति

सामान्य विवादमा निर्वाचन स्थगित नर्गन आयोगको निर्देशन,गर्नै परे आयोगको सहमति लिनुपर्ने

निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ।

आयोगले सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सूचारु गर्न र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको हो।

आयोगले लेखेको छ,'मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सूचारु गर्ने र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ। स्थगित गर्नै पर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनु पर्ने छ।'

कतिपय जिल्लामा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन बहिस्कार गर्ने पक्षका कारण मतदान स्थगित भइरहेको छ।

प्रकाशित: ४ मंसिर २०७९ ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App