८ वैशाख २०८१ शनिबार
राजनीति

सुदूरपश्चिम प्रदेशमा नेपाली सेनाले हवाई गस्ती गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाको समेत निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा मतदान स्थलको सुरक्षामा कडाई गरिएको छ। 

मतदान हुनु भन्दा दुई दिन अघि शुक्रवार सबै मतदान स्थलमा सुरक्षाकर्मी खटिसकेका छन्। सुदूरपश्चिम प्रदेशका मतदान स्थललाई सुरक्षा चुनौतिका दृष्टीकोणले बिश्लेषण गरेर ३ प्रकारमा बर्गिकरण गरि सुरक्षाको व्यवस्था गरिएको नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक भोरा रावलले बताए।

प्रतिनिधी सभाका १६ र प्रदेश सभाको ३२ निर्वाचन क्षेत्र रहेको सुदूूरपश्चिमका ९ जिल्लामा १ हजार १ सय ६१ मतदान स्थल रहेका छन्। यि मध्य सुरक्षा चुनौतीको दृष्टीकोणले ३ सय ५२ मतदान स्थललाई अति संवेदनशिलको रुपमा हेरिएको उनले बताए। यसै गरि ४ सय ४ मतदान स्थल संवेदनशिल रहेका छन् भने ४ सय ५ समान्य रहेको वरिष्ठ प्रहरी उपरिक्षक रावलले भने।

सुरक्षा चुनौतीको बिश्लेषणकै आधारमा प्रत्येक मतदान स्थलको सुरक्षा व्यवस्था मिलाइएको उनको भनाई छ। निर्वाचन बहिष्कार गरेका विप्लव माओवादी लगायतका दलहरु, भारत सँगको खुला सिमाना, दलहरु बिचको प्रतिस्पर्धा, भौगोलिक बिकटता, यातायातको पहुँच नहुनु जस्ता कुरालाई सुरक्षा चुनौतिको रुपमा बिश्लेषण गरिएको छ।

मतदान स्थल सुरक्षाको लागी नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी खटिएका छन्। अतिसंवेदनशिल मानिएको स्थलमा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रत्येक पालिकामा २ वटाका दरले प्रदेश भरी १ सय ७७ मोवाईल टोली परिचालन गरिएको उनले बताए। २० वटा रिजर्व टोली राखिएको उनले बताए।

प्रदेशभरी ६ हजार ४ सय १० नेपाल प्रहरी र ११ हजार ५ सय ६० म्यादी प्रहरी परिचालन गरिएको उनले बताए। यसैगरि ६ , ६ हजारको संख्यामा नेपाली सेना र शसस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ। पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोश्रो घेरामा शसस्त्र प्रहरी तथा तेश्रो घेरामा नेपाली सेना रहने छ।

नेपाली सेनाले हवाई गस्ती गर्ने

प्रत्येक मतदान स्थलमा २० देखि ३० मिनेटमा पुग्न सक्ने गरि तेश्रो घेरामा रहेर नेपाली सेनाले मतदान स्थलको सुरक्षा दिने भएका छन्। सुदूरपश्चिम प्रदेशका पृतना पती उपरथी बिजय थापाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बतावरणमा सम्पन्न गर्न केन्द्रिय एकिकृत सुरक्षा योजना बमोजिम प्रदेशका ९ वटै जिल्लामा नेपाली सेनाको फौज परिचालन गरिएको बताएका छन्।

३० वटा कम्पनी अपरेटिङवेस, प्लाटुन अपरेटिङवेस र सेक्सन अपरेटिङवेसहरु खडागरेर  फौज परिचालन गरिएको उनले बताए। केन्द्रबाट आएको बिशेष फौजहरु समेत विभिन्न जिल्लामा खटिएको उनले बताए।

अतिसंवेदनशिल मतदान स्थलको सुरक्षाको लागी नेपाली सेनाले हवाईगस्ती गर्ने उनको भनाई छ। ‘भयरहित बतावररणमा मतदाधिकार प्रयोग गर्ने सुरक्षित वतावरण बनाउन २ सय ५० भन्दा बढी स्थानमा स-सना नेपाली सेनाका टुकुडी खटिएका छन’ उनले भने। 

प्रकाशित: ३ मंसिर २०७९ १३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App