१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

काठमाडौँ–पोखरा उडानमा देखिने लोभलाग्दा दृष्य (फोटोफिचर)

काठमाडौँ–पोखरा हवाई उडानका क्रममा आकाशबाट देखिएको पोखराको बेगनास तालको दृष्य।

काठमाडौँ–पोखरा रुटमा उड्ने हवाई जहाज १२ हजार ५ सय फिट उचाइमा उड्छन। २५ मिनेटको काठमाडौँ–पोखरा उडानका क्रममा मौसम सफा हुँदा उत्तरतिर हिमाली श्रृंखला लहरै देख्न सकिन्छ। याे र बेला वर्षायाम हो। अहिले हिमाली श्रृंखला उत्तिसारो देख्न पाइँदैन। प्रायजसो समय बादलले छेकेको हुन्छ।

तर, हिमाली श्रृंखला देख्न नपाएपनि यो उडानका क्रममा हरियाली फाँट, ग्रामिण सडक, जंगल, बस्ती पर्याप्त देख्न पाइन्छ। यतिबेला मौसम सफा हुँदा यो हरियालीले यात्रालाई झनै रोमाञ्चक बनाउँछ। ठाउँ-ठाउँका धानखेत, जंगल र बस्तीको दृष्य पनि स्पष्ट देख्न सकिन्छ। बुधबार यस्तै हरियाली र मनमोहक मौसम उडानका क्रममा देख्न पाइएको थियो।

त्रिशुली, मस्र्याङदी, मादी नदीको नागबेली स्वरुप पनि यही उडानका क्रममा देख्न सकिन्छ। त्यत्ति मात्र नभइ पोखरा अवतरण गर्ने क्रममा पोखरा प्रवेशमार्गमा पर्ने लेखनाथका रुपा र बेगनास तालको दृष्यले झनै मन लोभ्याउँछ। तालको कञ्चन पानीको दृष्यले पोखरालाई लोभ्याउँछ। यो रुटमा उडानका क्रममा बादलसँग लुकामारी पनि गर्न पाइन्छ। गोरखा, तनहुँ र कास्की सहितका दृष्य यो उडानका क्रममा देख्न सकिन्छ।  

प्रकाशित: ८ भाद्र २०७९ ०८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App