७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

अर्थमन्त्री शर्माको विरोधमा संसद भवन अगाडि प्रदर्शन (फोटोफिचर)

तस्बिरः विजय राई/नागरिक

अर्थमन्त्री जनार्दन शर्माको छानविनमा सरकार र प्रतिपक्षको भ्रष्ट नियतको विरोध गर्दै युवा कांग्रेस नेपाल आवद्ध युवाले संसद भवन अगाडि विरोध प्रदर्शन गरेका छन्।

शर्माको राजीनामा माग गर्दै काठमाडौँको बानेश्वरस्थीत संसद भवन अगाडि प्रदर्शन गरेका युवाको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेविसंघको झण्डासहित प्रदर्शनमा उत्रेका युवाहरूलाई संसद भवनको १ नम्बर गेट अगाडि पुग्ने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको थियो।

विधिको शासन कायम गर, अर्थमन्त्री राजीनामा दे भन्दै नारा लगाउँदै संसद भवन अगाडि प्रदर्शन गर्ने युथ कांग्रेसमा आवद्ध युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त प्रदर्शनमामा सहभागी युवाहरूले शर्मामाथिको छानविन समिति एकपक्षीय भएको भन्दै राजीनामा दिनुपर्ने माग राखेका थिए।

प्रकाशित: १६ श्रावण २०७९ १३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App