७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

सुरु भयो गुँला पर्व (फाेटाेफिचर)

तस्बिरः प्रसन गुरुङ/नागरिक

भक्तजनहरुले बिहानै स्वयम्भू मन्दिरको दर्शन गरी गुनला संगीत बजाएर पवित्र महिनाको अवसरमा आजदेखि गुँला पर्व सुरु भएको छ। नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना भनिन्छ।

नेपाल संवतको नवौ महिनामा यो पर्व मनाउने गरिन्छ। यो पर्व अवधिभर माछा मासु, जाँडरक्सी, गुन्द्रुक खान नहुने नियम छ। बौद्धमार्गीहरुले विशेषगरी स्वयम्भूको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्दछन्।

स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन बढेको छ। यो पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएता पनि अन्य धर्मावलम्बीसमेत सहभागी हुने गरेका छन्। पर्वको अवसरमा नौ बाजा बजाउने प्रचलन छ। प्रमुख विशेषता न्याकुँ बाजा हो। यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ।

पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ। जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाउने गरिन्छ। आज मन्दिर दर्शन गर्न विभिन्न समुदायका नेवारहरु आएका थिए।

प्रकाशित: १३ श्रावण २०७९ ०५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App