७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

नेवार समुदायले ‘घण्टाकर्ण’ राक्षसको पुत्लामा आगो लगाए (फोटोफिचर)

तस्बिरः विजय राई/नागरिक

गथेमंगल चतुर्दशीको अवसरमा नेवार समुदायले  ‘घण्टाकर्ण’ राक्षसको पुत्लामा आगो लगाएका छन्। यसै दिनबाट उपत्यकामा औपचारिक रुपमा जात्रा सुरु भएको जनविश्वास छ।

यो चतुर्दशीलाई धातुको दिन पनि मानिन्छ। यसदिन पात वा बोहोटा, पकाएको भात र खाना दानवहरूको मार्गमा राखिन्छ। यी खानेकुरा मुख्यतया दोबाटामा राखिन्छन्।

यस्ता खानेकुरा राखेर पूजा गर्नाले भूत, पिशाच, हावा, अग्नि र विभिन्न तन्त्र मन्त्रबाट जोगिने विश्वास छ। बालबालिकालाई दहन गरेको पुतलामा दौडाउँदा ओछ्यानमा पिसाब गर्ने बानीको अन्त्य हुने विश्वास गरिन्छ।

प्रकाशित: १० श्रावण २०७९ १३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App