आजदेखि ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिन सुरू गरिएकाे छ। बिहीबार बसन्तपुरको शान्ति निकुञ्ज विद्यालयमा ५-१२ वर्ष मूनिका विद्यार्थीहरू फाइजर खोप लगाइएकाे छ।

बालबालिकाहरुलाई फाइजर–बायोएनटेक खोप दिइने छ। यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ ।


पहिलो चरणमा काठमाडौं उपत्यकासहित २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइनेछ भने दोस्रो मात्रा आगामी साउन २ देखि ८ गतेसम्म दिइने छ।



प्रकाशित: ९ असार २०७९ १३:५८ बिहीबार