११ वैशाख २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

ढकमक्क फूलेको मखमली फूल (फोटो फिचर)

भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित वनमाला टोलमा मखमली फूल ढकमक्क फुलेका छन्। कहिल्यै नओइलाउने फूलको रुपमा परिचित मखमली फूल टिप्न वनमाला टोलका स्थानीयलाई अहिले चटारो छ। मखमली फुलेसँगै तिहार नजिकिँदै गरेको झल्को दिने सो स्थानमा फूलेका फूलबारी मनमोहक छ।

अहिले वनमालाहरु मखमली फूलको माला उन्नमा व्यस्त छन्। उनीहरु विहान फूल टिप्ने र दिउँसो माला उन्ने गर्दछन्। माला उनेर घाम नआउने ठाउँमा भण्डारण गर्ने गरिन्छ। 

व्यावसायिक रुपमा व्यावसायिक रुपमा मखामली फूलखेती गर्दै आएका उनीहरुले प्रतिमाला रु ३० देखि ३५ मा बिक्री हुने बताए।

तस्बिरः दिपेश श्रेष्ठ/नागरिक

प्रकाशित: ८ कार्तिक २०७८ १३:१० सोमबार

मखमली फूल चाँगुनारायण नगरपालिका