८ वैशाख २०८१ शनिबार
फोटो फिचर

तालबाराही मन्दिरमा भक्तजनको भीड (फोटोफिचर)

फेवातालमा डुंगा सयर गर्दै पाहुना । तस्बिर उमेश पुन÷नागरिक

दसैं बुधबार देखि समापन हुँदैछ । बुधबार कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना बसि समापन हुनेछ ।  भक्तजन बुधबार रातभर जाग्राम बसेर आराधना गर्नेछन् । दसैंको अन्तिम दिन पुर्णिामाको अवसरमा विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको भिड छ ।  

गतवर्ष कोरोना भाइरस संक्रमणले बन्द रहेका शक्तिपीठ यसवर्ष खुलेका छ । भक्तजनको पनि त्यही अनुसार ती शक्तिपीठमा चहलपहल बढेको छ । अन्य पर्वभन्दा कोजाग्रत पूर्णिमाको अवसरमा पोखरा फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा दर्शनार्थीको भिड हुन्छ ।  

वर्षभरमा सबैभन्दा बढी दर्शनार्थीको भिड हुने दिन यहीँ नै भएको स्थानीयले बताएका छ । मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ भक्तजनको भिड लाग्ने गर्छ ।  

कात्तिक स्नान गर्नेले आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता पनि छ । आजदेखि नै तुलसी पुजा गर्न शुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिकसम्म स्नान गरे महापापबाट मुक्त भइने धार्मिक विश्वास छ ।

पोखरामा यहीबेला आन्तरिक पाहुना पनि आएका छन । कोरोना संक्रमण कमजोर भएको मौका पारेर पाहुना भित्रिँदा यहाँको पर्यटन क्षेत्रमा चहलपहल छ । त्यसको असर बुधबार तालबाराही मन्दिर दर्शनमा जानेको भीडले देखाउँछ ।  

पोखरा पर्यटन परिषदका उपाध्यक्ष पोमनारायण श्रेष्ठले आन्तरिक पर्यटक आएका कारण पोखराको पर्यटन क्षेत्रमा चहलपहल बढेको बताए । उनका अनुसार केही ठुला होटलका सतप्रतिशत कोठा पाहुनाले भरिएका छन् । साना र मझौला आकारका होटलमा पनि पाहुना अभाव छैनन ।

वर्षादले गर्दा पर्यटक आगमनमा केही असर परेको व्यवसायीले बताएका छन । पोखरा आउन चाहेका पाहुना पनि रोकिएको व्यवसायीले बताए ।  

प्रकाशित: ३ कार्तिक २०७८ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App