१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

पोखरामा च्यांग्रा मेला (फोटोसहित)

मुस्ताङबाट हिँडाएर पोखरा झारिएका च्यांग्रा। तस्बिरः उमेश पुन/नागरिक

दसैंमा सबैभन्दा बढी चाँसो मासुको हुन्छ। त्यसैले त अरुबेलाको तुलनामा दसैंमा दोब्बर बढी मासु खपत पनि हुन्छ। मासुमा पनि हिमाली च्यांग्रा भनेपछि पोखरा र आसपासका मात्र नभई टाढाका उपभोक्ता हुरुक्कै हुने गरेका छन्।

हिमाली जटिबुटी खाएर हुर्केका ती च्यांग्रा पाएसम्म उपभोक्ताले अरु खसीबोका वा कुखुरा खोज्दैनन्। त्यही भएर नै हो मुस्ताङबाट झारिएका हजारौ च्यांग्रा पोखरामा केहीदिनको अन्तरमा किनबेच हुन्छ।  

यतिबेला पोखरामा च्यांग्राको मेला लागेको छ। वर्षेनी झैं यो दसेैंका लागि हिमाली जिल्ला मुस्ताङबाट हजारौं च्यांग्रा पोखरा झारिएको छ। पोखरामा यतिबेला च्यांग्रा रोज्न पुगेका उपभोक्ताको हेम्जा क्षेत्रमा भीडभाड छ।

पछिल्लो समय हिमाली जिल्लाका ती च्यांग्रा राजधानी काठमाडौंमा समेत पु¥याउन थालिएको थियो । खाद्य संस्थानले मुस्ताङका किसानसँग किनेको च्यांग्रा सिधै काठमाडौं लगेर उपभोक्तालाई बिक्री गर्दै आएकोमा कोरोना भाइरस संक्रमण सुरु भएपछि खाद्यले राजधानीमा च्यांग्रा बेचेको छैन।  

व्यावसायीका अनुसार दसैंमा मात्र पोखरा क्षेत्रमा करिब ३० हजार गोटा च्यांग्रा बिक्री हुन्छन्। पोखरामा बिक्रीका लागि झारिने च्यांग्रा किन्न व्यापारीहरु केहीदिन अघि नै मुस्ताङ उक्लिसकेका थिए।  

‘च्यांग्रा किन्न झन्डै एकमहिना अघिदेखि व्यवसायी उकालो लागेका थिए। दुईसाता अघि नै च्यांग्रा ओरालो लागेका हुन,’ मुस्ताङको लोमान्थाङ गाउँपालिका–७ न्याम्दोका नुर्पु गुरुङले भने, ‘स्थानीय व्यवसायीले पहिले नै किसानसँग च्यांगा किनेर राखिसक्छन। बजारीया व्यवसायीले उनै स्थानीय व्यवसायीसँग च्यांग्रा किन्ने हो।’

योपटक तिब्बतबाट च्यांग्रा भिœयाउन नपाउँदा पोखरामा मुल्य बढेको छ। व्यवसायी तथा च्यांग्रा  पालक किसान इन्दुङ गुरुङ भने यो पटक तिब्बतबाट आयात नहुँदा मुल्य बढेको बताउँछन्।  उनले भने, ‘तिब्बतबाट आयात गर्न नपाउँदा किसानले नै महंगो मुल्य भनेकोले च्यांग्राको भाउ बढेको छ। उनका अनुसार यो पटक ४० किलो जिउँदो च्याङग्राको मुल्य ३९ हजार रुपैयाँसम्म परेको छ। 

 ‘तिब्बतबाट आयात गर्न नपाएपछि किसानले नै भाउ बढाएका छन,’ उनले भने, ‘पहिला पहिला तिब्बतबाट च्याङग्रा आउथ्यो। पर्याप्त हुँदा किसानले पनि बढी भाउ लिन सकेका थिएनन।’ कोरोना संक्रमणको त्रासले नाका बन्द हुँदा पोहोरदेखि तिब्बतबाट आयात हुन पाएको छैन। तिब्बतबाट आयात नभएपछि स्थानीय उत्पादनले माग थेग्न नसक्दा महंगो परेको उनले बताए।  

कास्की बाहेक स्याङजा, तनहुँ, चितवन, बुटवलबाट समेत उपभोक्ता च्यांग्रा किन्न पोखरासम्म आउँछन । च्यांग्राको मासुको स्वादलाई पोखरेली उपभोक्ताले पूख्र्यौली स्वादको रुपमा पनि लिने गरेका छन।  

उपल्लो क्षेत्रमा पालिएका ती च्यांग्रालाई वातावरणसँग घुलमिल बनाउँदै हिडाएरै पोखरा झारिन्छ। किसानले झन्डै चारवर्ष पालेपछि बल्ल च्यांग्रा खानयोग्य हुन्छन। हिमाली जडिबुटी र हावापानीमा हुर्केकोले पनि पोखरेली उपभोक्ताले च्यांग्रा रुचाउँछन।  

पोखरा मात्र नभई कास्की आसपासका जिल्लाका उपभोक्तले च्यांग्रा रुचाउन थालेका छन्। कास्की बाहेक स्याङजा, तनहुँ, चितवन, बुटवलबाट समेत उपभोक्ता च्यांग्रा किन्न पोखरासम्म आउने गरेको उनले व्यवसायीले बताए। च्यांग्राको मासुको स्वादलाई पोखरेली उपभोक्ताले पूख्र्यौली स्वादको रुपमा पनि लिने गरेका छन्।  

प्रकाशित: २७ आश्विन २०७८ ११:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App