१५ चैत्र २०८० बिहीबार
फोटो फिचर

मुहानपोखरी : आन्तरिक पर्यटनको केन्द्र (फोटो फिचर)

पर्यटकीय क्षेत्र नगरकोट जाने बाटोमै पर्छ मुहानपोखरी। चाँगुनारायण नगरपालिका वडा नं. ६ र ७ को सीमानामा रहेको मुहानपोखरी पछिल्लो समयमा आन्तरिक पर्यटनको केन्द्र बनिरहेको छ। जहाँ दिनहुँ हजारौं व्यक्ति गर्मी छल्नका लागि पुग्ने गरेका छन्। 

पछिल्ला ४/५ वर्षदेखि घुमघाम तथा प्राकृतिक सौन्दर्यसँग रम्न पाउने नयाँ गन्तव्य बनिरहेको सो ठाउँको मुख्य आर्कषण झरना हो।  

राजधानीबाट समेत नजिकको शान्त, सुन्दर, हरियाली वनजङ्गल र मनमोहक वातावरणले धेरै युवायुवतीलाई तानिरहेको छ।

दिनदिनै आन्तरिक पर्यटकको संख्या वृद्धि भएसँगै सो स्थानको व्यवस्थापनका लागि नगरपालिकाले पनि चासो दिएको छ। बालक, युवायुवतीहरु झरनामा आइ नुहाउने र पानीसँग खेल्न सहज होस् भनी वडा कार्यालयले पोखरीसँगै लैंगिक मैत्री लुगा बदल्ने कक्ष समेत बनाएको छ। जसकारण त्यहाँ पुग्ने जोकोहीलाई थप सहज भएको छ। 

सोही स्थानमा पुगेर खिचिएका केही तस्बिरहरु :

प्रकाशित: ४ भाद्र २०७८ १०:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App