८ वैशाख २०८१ शनिबार
फोटो फिचर

मध्यपुर थिमिको लोभलाग्दो सम्पदा पदयात्रा (फोटो फिचर)

मूर्त तथा अमूर्त सम्पदाले धनी मध्यपुर थिमि नगरपालिकाले सम्पदा संरक्षण र पूनर्निर्माणमा उदाहरणयोग्य र प्रशंसायोग्य काम गरेको छ। जनप्रतिनीधि पाइसकेपछि मध्यपुरथिमिमा रहेका सम्पदाहरुले जीवन पाएका छन्। नगरपालिकाले आफ्नै लगानीमा गरेको पूनर्निर्माणले सम्पदाहरु जीवन्त बनेका छन्। यही कारण अहिले मध्यपुरथिमिको मुहार बदलिएको छ। मध्यपुरथिमि जीवन्त बनेको छ।

सम्पदा पूननिर्माण र जिर्णोद्धारका लागि हालसम्म नगरपालिकाले ७५ करोड रुपैयाँ खर्च गरिसकेको र आगामी वर्ष ३५ करोड रूपैयाँसमेत विनियोजन गरेको नगरपालिकाले सम्पदा जगेर्ना क्षेत्रमा पुर्याएको योगदानवापत एसियन टाउनस्केप अवार्ड प्राप्त गरिसकेको छ। 

जनजिविकालाई पर्यटनसँग जोड्दै अर्थोपार्जन र नगरपालिकाको पहिचानमा नयाँ आयाम थप्ने प्रयासमा जुटिरहेको नगरपालिकाले बिहीबार सम्पदाको पदयात्रा आयोजना गरेको छ। त्यसको नेतृत्व स्वयम् नगरप्रमुख मदनसुन्दर श्रेष्ठले गरेका थिए।

सोही क्रममा खिचिएका केही तस्बिरहरु :

प्रकाशित: ३१ असार २०७८ १२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App