८ वैशाख २०८१ शनिबार
फोटो फिचर

पोखरामा निषेधाज्ञामा कडाई (तस्बिरसहित)

निषेधाज्ञामा कडाई गरिएपछिको पोखरा । तस्बिरः उमेश पुन÷नागरिक

कोरोना भाइरस संक्रमणको ‘चेकब्रेक’ गर्ने भन्दै कास्कीमा निषेधाज्ञा पालनामा कडाई गरिएको छ । कास्की प्रशासनले मंगलबार बिहानदेखि लागु हुनेगरि दश दिनसम्मका लागि निषेधाज्ञामा कडाई गरेको हो । निषेधाज्ञाको कडाइले पर्यटकीय सहर पोखरा सुनसान बनेको छ ।  

स्थानीय प्रशासनले अनुमति दिएका बाहेक सवारी गुड्न नपाउँदा राजमार्ग सुनसान बनेको छ । त्यस्तै बजार पनि बन्द हुुँदा झनै ठप्प देखिन्छ । अरुतिरको बजारमा एकाध सवारीको आउजाउ देखिएपनि पर्यटकीय क्षेत्र लेकसाइड झनै ठप्प बनेको छ ।

‘संक्रमणको चेनबे्रेक होस भनेर निषेधाज्ञामा कडाई गरिएको हो,’ कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले भने, ‘यो कडाइले संक्रमण कम हुनेमा आशावादी छौ ।’ राजमार्ग, बजार अनुगमनको क्रममा बजार पूर्ण रुपमा ठप्प भएको पाइएको उनले बताए ।  

‘दशदिनमा संक्रमण चेनब्रेक होस भन्ने चाहेका हौ । त्यसैले जिल्लाभरमा सवारी गुड्न र मानवीय आउजाउमा रोक लगाएका हौ,’ गौतमले भने, ‘यो निषेधाज्ञालाई कडा रुपमा पालना गर्ने हो भने संक्रमण कम गर्न सकिनेमा आशावादी छौ ।’ 

यसअघि पनि एकसातासम्म कास्कीको मुकाम पोखरामा जोरविजोर प्रणालि अनुसार सवारी चल्न दिइएको थियो । तर, बजार भने खुला थियो । बजार खुल्दा र आंशिक सवारी चल्दा संक्रमण घट्न सकेको थिएन ।  

गण्डकी प्रदेशका ११ जिल्लामध्ये अहिले कास्कीमा सबैभन्दा बढी संक्रमित छन् । कास्कीमा मात्र १३ सय भन्दा बढी संक्रमित रहेका छन् । झन्डै १३ सय संक्रमित अहिले होम आइसोलेसनमै रहेको प्रजिअ गौतमले बताए । 

लामो समयदेखि संक्रमितविहीन भएका हिमाली जिल्ला मनाङ र मुस्ताङमा पनि पछिल्लो समय संक्रमित भेटिएका छन् । 

प्रकाशित: २१ वैशाख २०७८ ०९:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App