१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

विराटनगरमा होली (फोटोफिचर)

विराटनगरमा होली पर्व रमाइलो गरेर मनाइएको छ। गत वर्ष कोरोना भाइरसको संक्रमण फैलिएपछि कसैले पनि हाली पर्व मनाउन पाएका थिएनन्।

होली पर्वलाई तराई क्षेत्रमा विशेष पर्वका रूपमा लिइन्छ। कोरोना भाइरसको संक्रमण फैलने डरले गत वर्ष होली नमनाएका सर्वसाधारणले यस वर्ष सावधानी अपनाउँदै मनाएका छन्। यस पटक अवस्था सामान्य बन्दै गए पनि विगतका वर्षको जस्तो विराटनगर क्षेत्रमा होलीको रौनक देखिएन।

 अवस्था सामान्य हुँदा विराटनगरमा होलीको विशेष कार्यक्रम भए पनि कोरोना कहरका कारण यो वर्ष साथीभाइ, आफन्त निश्चित स्थानमा भेला भएर होली पर्व मनाए। होलीलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न स्थानमा व्यापकरुपमा प्रहरी परिचान गरेको मोरङ प्रहरीले जनाएको छ। होलीमा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउँदा हुन सक्ने दुर्घटनालगायत शान्ति सुरक्षाका लागि ट्राफिक र जनपथ प्रहरीले चोक चोकमा चेकिङ गरेका थिए।

  मोरङमा होली पर्वको दिन मादकपदार्थ सेवन गरी उश्रृङख्ल गतिविधिमा संलग्न भएका ४० जनालाई मोरङ प्रहरीले पक्राउ गरेको जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार होलीमा जिल्लाका विभिन्न स्थानमा उश्रृङख्ल गतिविधिमा संलग्न भएका ४० जना र ३ सय ८० वटा सवारीसाधनलाई नियन्त्रण लिएको छ। मादकपदार्थ सेवन गरी कुदाएका मोटरसाइकल, सवारी चालक अनुमतिपत्र नभएका र अन्य कागजपत्र नभई चलाएका सवारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १६ चैत्र २०७७ १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App