सरकारले आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप अभियान शुभारम्भ गरेको छ। आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन्।
Here goes pf editor
यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले खोप लगाएर सुरुवात गरेका छन्। यस अस्पतालमा ४ सय जनालाई कोभिड–१९ विरुद्धको पहिलो खोप लगाइने जनाइएको छ।
अग्रपंतिमा रहेर काम गरेका चार लाखभन्दा बढी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारीलगायतलाई पहिलो चरणमा खोप लगाइँदै छ।
अक्सिजन सिलिण्डर बोकेर नेपालगञ्जबाट जुम्ला जाँदै गरेको ट्रक मंगलबार कालिकोट खण्डमा पर्ने कर्णाली राजमार्गको एस मोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।