८ वैशाख २०८१ शनिबार
फोटो फिचर

आज साउनको अन्तिम सोमबार: शिवालयमा भक्तजन(फोटो फिचर)

आज साउन महिनाको अन्तिम सोमबार भगवान शिवको पूजा आराधना गरि मनाइँदै छ। हिन्दू नेपाली नारीहरुले भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन्। साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन्।यस वर्ष कोरोना महामारीका कारण विगतका वर्षजस्तो शिवालयलमा भिडभाड कम छ।

काठमाडौको शंखरापुरमा नारायणेश्वर मन्दिरको खोलाबाट जल ल्याइ, बोलबम जप्दै ज्योतिर्लिङ्गेश्वरमा जल चढाएर मनाएका छन्। कोरोनाको त्रासले सयौंको संख्यामा बोल बम आउने भक्तजन यो बर्ष निकै कमले मात्र सहभागी भएका छन्। सरकारले पनि यो बर्ष बोल बम आउन रोक लगाएको छ। तापनि स्थानीयले नजिकैको तिर्थस्थल गएर अन्तिम सोमबार मनाएका छन्।

तस्वीरः माेनिका मल्ल/नागरिक

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App