६ चैत्र २०८० मंगलबार
फोटो फिचर

काेराेनाको त्रासबीच यस्ताे देखियाे भक्तपुरको ‘गाइजात्रा’

भक्तपुर दरबार क्षेत्र ‘गाइजात्रा’ मनाउन आएका जनताले भरिएको छ । कोरोना महामारीका बेला सरकारले भिडभाड नगरौ भनिरहँदा पनि मानिसहरू कोरोनाको चिन्ता नगरेर गाइजात्रा मनाइरहेका छन्। स्थानीय तहले धेरै भिडभाड नगरी मनाउन भनेपनि ठुलोसंख्यामा मानिसहरू जम्मा भएका दृश्यमा देख्न सकिन्छ । यस जात्रालाइ सपारु पनि भन्ने गरिन्छ ।

एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । 

खुशी 3.1%
दुखी 6.3%
अचम्मित 6.3%
हास्यास्पद 12.5%
क्रोधित 71.9%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App