६ चैत्र २०८० मंगलबार
फोटो फिचर

कहिले आउला मर्दीको पानी पोखरा ?

खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठूलो आर्थिक सहयोग हो। दैनिक साढे पोखरा खानेपानी आयोजनाको काम कोरोनाले गर्दा चैतबाट अघि बढ्न सकेको छैन। कोरोना त्रासका कारण घर गएका कामदार काममा फर्किसकेका छैनन्। “अहिले काम ठप्प भएको छ कामदारहरु कोरोना त्रासले घर गएका थिए आउने स्थिति छैन, हामीसँग कामदार छैनन्”, पोखरा खानेपानी संस्थानका प्रमुख एवम् खानेपानी सुधार विस्तार आयोजना प्रमुख इन्जिनियर आशिष कार्कीले भने।  

तीव्र रुपमा काम अघि बढेको पोखरा खानेपानी सुधार आयोजनामा ६ सय कामदार दैनिक रुपमा खटिएका थिए। आयोजनाको काम समयमै सकिने हो भने पोखरेलीले २०७९ मंसीर सम्ममा शुद्ध पिउने पानी प्राप्त गर्नेछन्। तर लकडाउनका कारण आयोजनाको काम रोकिदा थप १ वर्ष आयोजना निर्माणको काम लम्बिने सम्भावना रहेको इन्जिनियर आशिष कार्कीले बताए।  

नेपाल सरकारको ऋृण लगानी र जापान सरकारको अनुदान सहयोगमा नेपाल खानेपानी संस्थानद्वारा संचालन हुने आयोजना अन्तर्गत मर्दी मुहानबाट उत्पादन हुने पानी प्रशोधन केन्द्रको निर्माणमा  २० हजार घनमिटर क्षमताको पानी पोखरी निर्माण हुने छ। महानगर  भित्रका साढे ४ लाख जनसंख्याले दैनिक शुद्ध पानी उपभोग गर्न पाउनेछन्। पानी शुद्धिकरण नहुँदा हाल पोखरेलीले वर्खामा धमिलो पानी पिउनुपर्ने बाध्यता छ। जापान सरकारको सहयोगमा ४ अर्ब ८१ करोड रुपैंयाँ अनुदान दिने सम्झौता भएको छ तर लकडाउनको कारण समयमै काम नसकिने हुँदा पोखरेली जनताले शुद्ध पानी पाउन थप समय पर्खिनुपर्ने भएको छ।  

४ करोड लिटर पानी प्रशोधन गर्ने प्लान्ट मर्दी खोलामा राखिएको छ। खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने छ।

 

खुशी 20%
दुखी 40%
अचम्मित 20%
हास्यास्पद 0%
क्रोधित 20%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App