१५ चैत्र २०८० बिहीबार
फोटो फिचर

पोखरामा ९० प्रतिशत रोपाइँ सकियो

यतिबेला किसानलाई भ्यान नभ्याइ भएको छ । पोखरामा करिब ९० प्रतिशत रोपाइँ सकिएको छ । कोरोनाको कारणले लक डाउन भएपनि किसानलाई भने लक डाउनले कुनै असर भने गरेको छैन । यो वर्ष समयमै पानी परेको कारणले पनि किसानहरु निकै हर्सित हुदैँ धान रोप्न व्यस्त भएको पाइन्छ ।

पछिल्लो समय पोखराका खेतहरु घडेरीमा परिणत हुदैँ गएपनि बाकिँ रहेका खेतमा धान रोपाईँ चलिरहेको छ । पोखराको चाउथे, अर्मला, हेम्जा, विरौटा, पामे तथा लेखनाथ क्षेत्रमा धान रोपाईँ हुदैँ आएको छ । मानो खाएर मुरी उब्जाउने महिनाको रुपमा लिइने असार महिनामा मौसमले पनि साथ दिँदा बाँझो खेत यतिबेला हरियो हुन थालेको छ ।

खुशी 80%
दुखी 0%
अचम्मित 20%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App