१५ चैत्र २०८० बिहीबार
फोटो फिचर

घरआँगनमै चरा

रंगीन चरा आँखैमा टाँसिन्छन् । तिनका आवाज सुन्दा कान रमाउँछन् । प्रकृतिका सुन्दर सिर्जना हुन् चरा । हाम्रो गाउँ (दधिकोट, भक्तपुर)को वातावरण शान्त छ । घरआँगनमै देखिन्छन् चरा । त्यसैले बिहानै सुनिन्छ चिरबिर । काग, परेवा, धोबी, डाङ्ग्रे, भँगेरा, बकुल्ला, ढुकुर, कोइली, सुगा, लाटोकोसेरो लगायतका चरा डुलिरहन्छन् ।  

अचेल चरा खुसी भएझैं लाग्छ किनकि आज वातावरण स्वच्छ छ । धुवाँधुलो र कोलाहल छैन । लकडाउनका कारण कोलाहल र प्रदूषण नभएकाले पन्छीहरू उन्मुक्त आकाशमा उड्दै छन् ।  

सुगा

चराविद् विमल थापाका अनुसार फागुनदेखि जेठसम्म बच्चा कोरल्ने मौसम हो । टाढाटाढाबाट गर्मी छल्न आउनेहरू बच्चा कोरलेपछि फर्कन्छन् । यतिबेला देखिने कोइली चरी एसियाबाट र कुक्कु अफ्रिका एवं युरोपदेखि आएका हुन् । भँगेरा, काग, परेवा र डाङ्ग्रे चाहिँ रैथाने चरा हुन् ।  

पन्छी संरक्षण संघ (बिसिएन)का अनुसार काठमाडौं उपत्यकामा ५ सय थरीका चरा पाइन्छन् । त्यस्तै नेपालमा ८ सय ८६ प्रजातिका चरा पाइन्छन् भने धर्तीमा करीब ११ हजार प्रजातिका । नेपालमा मात्र पाइने काँडे भ्याकुर काठमाडौंका जंगलमा पनि पाइन्छ ।  

बढ्दो औधोगीकरण र विकासले चरालाई असर पु¥याउँदै आएको छ । काठमाडौंबाट पनि धेरै किसिमका चरा लोप भैसके । ‘परम्परागत घरहरूमा खोपा हुन्थे । त्यहाँ चराहरू गुँड बनाउँथे’, चराविद् थापा भन्छन्, ‘अहिलेका आधुनिक घरमा चरा बस्ने ठाउँ नै छैन ।’  

अहिले गर्मी हवात्तै बढेको छ । त्यसैले आँगन तथा कौसीमा चरालाई पानी राखौं । खानेकुरा खुवाऔं । हामीले चराचुरुङगीलाई बाधा पु¥याउनु हुँदैन । मनभरि, आँखाभरि तिनका आनीबानी पढौं । तिनका गीत सुनौं । प्रकृतिलाई माया गरौं । मनलाई शान्त बनाऔं ।  

कुर्ले ढुकुर
मलेवा
काग
चिचिल्कोटे
खुशी 83.3%
दुखी 0%
अचम्मित 16.7%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App