७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

सागको लागि ओलम्पिक टर्च र्‍याली सुरु(फोटो फिचर)

काठमाडौं–  १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्‍याली काठमाडौँबाट सुरु भएको छ।

र्‍याली स्वयम्भू मन्दीर परसरबाट सुरु भएको हो। वरिष्ठ ओलम्पियन पूर्व धावक जितबहादुर केसीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले टर्च हस्तान्तरण गरेपछि र्याली सुरु भएको हो।

नेपाली ओलम्पियनहरुले ओलम्पिक टर्च देशका प्रमुख शहर र सात प्रदेशमा पुर्याउने कार्यक्रम रहेका छ। पहिलो दिन र्‍याली प्रदेश १ को विराटनगर, दोश्रो दिन प्रदेश २ को जनकपुर, तेश्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल लगिने छ।

त्यस्तै पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं गण्डकी प्रदेशको पोखरा लगिने कार्यक्रम छ।

आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ। नवौं दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा  गराई साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीप प्रज्ज्वलन गरेपछि र्‍याली सम्पन्न हुने राखेपले जनाएको छ। 

र्‍यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मान्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा लगायतको सहभागिता रहने छ। सागको मंसिर १५ मा उद्घाटन र २४ गते समापन हुनेछ। 

तस्विरः केशव थोकर

प्रकाशित: ६ मंसिर २०७६ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App