coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

कृष्ण मन्दिरमा राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेर दिइन दक्षिणा (फाेटाे फिचर)

काठमाडौं– श्रीकृष्ण जन्माष्टमी पर्व भगवान श्रीकृष्णको पूजा आराधना गरि मुलुकभर मनाईएको छ। भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ।

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको साथै मुलुकभरका कृष्ण मन्दिरहरुमा आज दिनभर नै भक्तजनहरुको ठूलो घुँईचो लागेको थियो। यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको पाटनस्थिति कृष्ण मन्दिर पुगी प्रसाद ग्रहण गरेकी छिन्। राष्ट्रपति भण्डारीले मन्दिरभित्र प्रवेश नगरिकनै पुजारीबाट फूल प्रसाद ग्रहण गरि फर्किएकी थिइन। फूल प्रसाद ग्रहण पछि उनले पुजारीलाई दक्षिणा पनि दिएकी थिइन।

कृष्ण मन्दिर परिसरमा राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्वागत गरेकी थिए। राष्ट्रपतिको सवारीका क्रममा ललितपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्नुको साथै दर्शनार्थीहरुलाई पनि केही समय मन्दिरमा पूजा आजा गर्न रोकिएको थियो।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानव अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा अवतरण गरेको किम्बदन्ती छ। आजको दिन ब्रत बस्ने ब्रतालुहरुले राती कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गरि रातभर जाग्राम बसेर नाचगान गर्ने र कृष्णको भक्ति संगीत गाउँने गर्दछन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App