१५ चैत्र २०८० बिहीबार
फोटो फिचर

प्रहरी बन्दाको खुसी (फोटो फिचर)

चितवन- भरतपुर महानगरको बाईपास रोडमा रहेको जुनियर प्रहरी शिक्षालयमा खुशी साट्नेहरु उपस्थित थिए। शिक्षालयबाट आईतबार दिक्षित भएर ३ सय ५ जना नेपाल प्रहरीको सेवामा प्रवेश गरे। तालिम पुरा गरेर प्रहरी बन्न सफल भएकाहरुले परिवार, आफन्त र साथीभाइसँग खुशी बाँडे। शिक्षालयको आधारभुत तालिम २ को १७५ औं समुहबाट उनीहरु सबै प्रहरी सहायक निरीक्षकमा नियुक्त भएका छन्।

२ सय ५५ दिनको तालिम सकेर दिक्षित भएकाहरु मध्ये २१ जना महिला छन्। तालिम पुरा गरेका प्रहरी सहायक निरिक्षकलाई दिक्षित गराउने कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ¬(बादल) सहभागी भएका थिए। दिक्षान्तको औपचारिक समारोह सकिएपछि दिक्षित भएका प्रहरीले परिवार र आफन्तसँग भेटघाट गरे। अधिकांशका परिवारले दुबोको माला लगाएर बधाई दिए। मिठाई, केक, सगुन खुवाईएर खुशी साटे।

प्रहरीमा नियुक्त भएकाहरु पनि धेरै पछि परिवारसँग र आफन्तसँग भएको भेटलाई तस्विरमा कैद गर्न व्यस्त बने। तालिम सकेर प्रहरी बनेकाहरुलाई प्रदान गरिएको दज्र्यानी चिन्ह अभिभावकले मिलाएर लगाईदिए। लामो समयको कडा तालिमपछि पाएको सफलता उनीहरुको अनुहारको मुस्कानमा झल्किएको थियो।

 

 

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App