१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

राक्षस त्रसाउन काठमाडौंमा त्रिशुल जात्रा

काठमाडौं- राजधानीमा मनाउने जात्राहरु मध्ये एक हो त्रिशुल जात्रा। पशुपतिनाथ मन्दीर वरपर यो जात्रा मनाउने गरिन्छ। यक्ष मल्लको पालादेखि यो जात्रा मनाउन सुरु गरिएको विश्वास छ। निकै कलात्मक मानिने यो जात्रामा बालबालिकालाई त्रिशुल रोपेको जस्तो देखाउने गरिन्छ। वुधबार पनि जयबागेश्वरी क्षेत्रमा यो जात्रा मनाइएको छ।

यस जात्राबारे अनेक किम्वदन्ती सुनिने गर्छन्। कुनै समय काठमाडौंमा एक राक्षसले बालबालिका चोरेर सताउँछ। त्यसलाई रोक्न राजाले अनेक प्रयास गर्छन् तर सकिरहेका हुँदैनन्। त्यसै बेला राक्षसको बच्चालाई नागर्जुनबाट समातेर त्रिशुल रोपेर राक्षसलाई डराउन दिए पछि उसले कहिल्यै बालबालिका चोरेन। यही किम्वन्ती अनुसार यो जात्रा मनाउने गरिदै आएको छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App