८ वैशाख २०८१ शनिबार
फोटो फिचर

अपराध अनुसन्धानमा कुकुरको प्रयोग भएको ५० वर्ष पुग्यो (फोटो फिचर)

प्रहरी तालिम केन्द्रमा कुकुरको कला प्रदर्शन गरिदै। तस्बिर: दिपेन्द्र रोक्का।

काठमाडौं– नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि कुकुरको प्रयोग गरेको ५० वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम गरेर कुकुर पूजा गरेको छ।

महाराजगञ्जस्थित नेपाल प्रहरीको तालिम केन्द्रमा आयोजित कार्यक्रममा अनुसन्धानमा प्रयोग हुने कुकुरको विशेष पूजा गर्दै कुकुरका विभिन्न कला प्रदर्शन गरिएको थियो।  

नेपाल प्रहरी मातहत कुकुर तालिम केन्द्र छुट्टै इकाइ छ र अपराध अनुसन्धानका लागि कुकुरलाई भिन्दै तालिम दिने गरिएको छ।

विमानस्थलमा हुने तस्करी रोक्न, विष्फोटक पदार्थको पहिचान गर्न, अपराधीको पहिचान गर्न, विपत्तीका बेला हराएका मानिस पत्ता लगाउन र सार्वजनिक सुरक्षाका विभिन्न क्षेत्रमा कुकुरको प्रयोग हुने गरेको छ।

यमपञ्चकको दोस्रो दिन आज मुलुकभर कुकुर तिहार मनाइँदा नेपाल प्रहरीले पनि कुकुर पूजा गरेको हो। तस्बिर सबै दिपेन्द्र रोक्का

अपराध कुकुर_पूजा नेपाल_प्रहरी