१५ चैत्र २०८० बिहीबार
फोटो फिचर

विख्यात न्यूरो सर्जन डा. देवकोटाको अन्तिम विदाई

काठमाडौं- दिवंगत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाप्रति वाँसवारी स्थित न्यूरो अस्पताल पुगेर उनका शुभचिन्तकले श्रद्धाञ्जली अर्पण गरेका छन्। पित्त थैलीको नलीको क्यान्सरबाट पीडित डा. देवकोटाको सोमबार साँझ निधन भएको हो। उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि उनले नै स्थापना गरेको न्यूरो अस्पतालमा राखिएको छ। देवकोटाको आज नै पशुपती आर्यघाटमा दाहसंस्कार हुने छ।

गत कार्तिकमा उनको स्वास्थयमा समस्या देखिएको थियो। सिटी र एमआरआई गर्दा पित्तनली थिचिएर ‘अबस्ट्रक्टिभ जन्डिस’ भएको देखिए पनि उती थप उपचारका लागि मंसिरमा परिवारसहित वेलायत गएका थिए। बेलायतको किङ्स कलेज हस्पिटलमा अल्ट्रासाउन्ड र वायस्पी गर्दा उनको कोलोन्जियो कार्सिनो (पित्त नली) मा क्यान्सर प्रमाणित भएको थियो। अनेक उपचारको प्रयास गरिएको सफल नभएपछि माघ ११ मा केमोथेरापी सुरु गरिएको थियो। तीन चरणसम्म केमोथेरापी गर्दा पनि उनको स्वास्थ्यमा सुधार भएन। पित्तथैलीको शल्यक्रियासमेत गर्न नमिल्ने अवस्था आएपछि उनले ‘एक्सपेरिमेन्टल ट्रिटमेन्ट’ गरेर विदेशमा बस्नुभन्दा स्वदेश फर्केर बाँकी जीवन बिताउने अठोट गरी फर्केका थिए।  जेठ २६ गते उनी विरामी अवस्थामै जन्मस्थानको भ्रमण गर्ने इच्छा राखेपछि हेलिकप्टरबाट गोरखा पण्डित गाउँ पु-याइएको थियो।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App