१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

मोदीका लागि मुक्तिनाथमा यस्तो छ तयारी (फोटो फिचर)

मोदीको लागि मुक्तिनाथमा स्वागत गेट तयार हुँदै। तस्बिर सौजन्य : सुमन ढुंगाना

सुशील थकाली

मुस्ताङ- नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भोली (शनिबार) मुक्तिनाथ जाँदैछन्। आज जनकपुर हुँदै काठमाडौं आएका मोदी शनिबार भारतीय सेनाको हेलिकप्टर मार्फत मुक्तिनाथ जाने कार्यक्रम छ। उनले मुक्तिनाथमा विशेष पूजाअर्चना गर्नेछन्।

प्रधानमन्त्री मोदीको लागि मुक्तिनाथमा हेलप्याड निर्माण गरिएको छ। आकस्मिकताको लागि भन्दै मुक्तिनाथमा पाँचवटा हेलिप्याड बनाइएको छ।

यस्तै मिनी आइसियू सहितको आकस्मिक स्वास्थ केन्द्र मुक्तिनाथमा बनाइएको छ। भ्रमणको सबै तयारी पुरा भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी सिशिर पौडेलले बताए। मुक्तिनाथको स्नान गृह र १ सय ८ धारालाई थप व्यवस्थित बनाएको उनले बताए।

मोदीको स्वागतको लागि जिल्ला समन्वय समिति मुस्ताङका सभापतिको संयोजकत्वमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय रहेको स्वागत समिति बनाइएको छ।

आज ४ बजेदेखि भोली दिउँसो १२ बजेसम्म मन्दिर परिसर सर्वसाधारणको लागि बन्द गरिएको छ। यस्तै पयर्टकका लागि समस्या नहुनेगरी छोङ, छोङगु साकुपा हुँदै कागवेनी र जोमशोम पुग्नेगरी  पदयात्रा खुल्ला गरिएको छ। मोदीले शनिबार विहान मुक्तिनाथमा आधा घण्टा पूजा गर्ने छन्।

तस्बिर सौजन्य : सुमन ढुंगाना

 

मोदीको लागि मुक्तिनाथमा स्वागत गेट तयार हुँदै। तस्बिर सौजन्य : सुमन ढुंगाना
मोदीको लागि मुक्तिनाथमा स्वागत गेट तयार हुँदै। तस्बिर सौजन्य : सुमन ढुंगाना
मोदीको लागि मुक्तिनाथमा स्वागत गेट तयार हुँदै। तस्बिर सौजन्य : सुमन ढुंगाना
मोदीको लागि मुक्तिनाथमा स्वागत गेट तयार हुँदै। तस्बिर सौजन्य : सुमन ढुंगाना
मोदीको लागि मुक्तिनाथमा स्वागत गेट तयार हुँदै। तस्बिर सौजन्य : सुमन ढुंगाना
मोदीको लागि मुक्तिनाथमा स्वागत गेट तयार हुँदै। तस्बिर सौजन्य : सुमन ढुंगाना
मोदीको लागि मुक्तिनाथमा स्वागत गेट तयार हुँदै। तस्बिर सौजन्य : सुमन ढुंगाना
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App