१५ चैत्र २०८० बिहीबार
फोटो फिचर

नयाँ वर्षमा घर उपहार, मुसहर बस्तीकाे फेरियो मुहार

महोत्तरी– बर्दिवास–१ स्थित मुसहरवस्तीका वासिन्दालाई धुर्मुस–सुन्तली फाउण्डेसनले नयाँ वर्षकै दिन घर उपहार दिएका छन् । उपहारमा घर पाएपछि मुसहरवस्ती मुहार नै फेरिएको छ । यहाँको मुसहर समुदायमा खुसियाली छाएको छ।

धुर्मुस–सुन्तली फाण्डेसनद्वारा ९५ दिनकै अवधिमा निर्माण गरिएको बर्दिवास–१ स्थित एकीकृत नमुना मुसहरबस्तीका ५३ वटा सुविधा सम्पन्न घरहरु वैशाख १ गते शुक्रबारको बिहान मुसहर समूदायलाई हस्तान्तरण गरिएपछि बस्तीको मुहार नै फेरिन पुगेको छ।   फाउण्डेसनले शुक्रबार बर्दिवास–१ बस्तीमै भव्य कार्यक्रमको आयोजना गरी मुसहर वस्ती व्यबस्थापन समितिका अध्यक्ष विल्टु सदालाई फाउण्डेसनद्वारा निर्मित एकीकृत नमुना मुसहरवस्तीको साँचो हस्तान्तरण गरेको हो।   

‘राष्ट्र निर्माण तपाईं हाम्रो अभियान’ मुल नाराको साथ धुर्मुस सन्तली फाउण्डेसनद्वारा निर्मित एकीकृत नमुना मुसहरबस्ती हस्तान्तरण समारोहमा नेपाल सरकारका मुख्य सचिव सोमलाल सुबेदी, महजोडी हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायलगायतको उपस्थिति थियो।

फाउण्डेसनले देशविदेशबाट सहयोग संकलन गरी ५ करोड ४ लाख ३६ हजार ८ सय ६० रुपैंयाको लागतमा ३ कोठा बरन्डा चोटासहित रातो इँटा रंगको भित्तामा सेतो पेटी काटेर, नीलो रंगीन जस्ता लगाई सबै घर एकै आकार र एकै डिजाइनमा पक्की सडक र नाला सहित बनाइएको बस्तीभित्र ५० आवासीय घर, बस्ती बाहिर तीनवटा अन्य जाति समुदायका घर गरी ५३ वटा घर, एक वटा सामुदायिक भवन, बालउद्यान, मुहरहरुको कुलदेवता दिनाभद्री मन्दिर, प्रतीक्षालय, प्रवेशद्वार, र बस्तीको बीच भागबाट बस्तीसहितका बर्दिबास चोकवरिपरि र ढल्केवरको गाउँको मनोरम दृश्य नियाल्न मिल्ने ३५ फिट अग्लो भ्युटावर निर्माण गरी मुसहरहरुलाई उपहार स्वरुप प्रदान गरेका छन्।

हेर्नुहाेस् तस्बिरहरूः

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App