८ वैशाख २०८१ शनिबार
फोटो फिचर

बम बम भोले! (फोटो फिचर)

काठमाडौं– महाशिवरात्रीकाे दिन शुक्रबार बिहानैदेखि काठमाडाैंकाे पशुपतिनाथ मन्दिरमा भक्तजनकाे भीड लागेकाे छ। देशका अन्य शिवालयहरूमा पनि भत्तजनकाे भीड छ। 

भक्तजनहरूलार्इ दर्शनकाे सुविधाका लागि बिहान साढे ३ बजेबाट नै पशुपतिनाथ मन्दिरकाे उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएको थियाे। बिहान ३ बजेदेखि नै भक्तजनहरू दर्शन र पूजाका लागि लाइनमा बसेका थिए। यस वर्ष कोषले सशुल्क दर्शन पासको व्यवस्था भने खारेज गरेको छ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टन्डनका अनुसार सुरक्षााका लागि पशुपति क्षेत्रमा ४ हजार नेपाल प्रहरी, २ हजार ५ सय सशस्त्र प्रहरी र ४ सय राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएकाे छ।  

पशुपति आएका नागाबाबा, साधुसन्त एवम् महात्माका लागि कोष र गुठी संस्थानले फागुन ११ गतेदेखि नै पशुपति क्षेत्र र थापाथलीस्थित कालमोचनघाटमा निशुल्क बस्ने–खाने व्यवस्था गरेका छन्। 

हेर्नुहाेस् तस्बिरहरू

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App