coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

पचास नेता एकैपटक बस्दा मञ्च भाँचियो

धादिङ- सदरमुकाम धादिङबेसीमा नेपाली कांग्रेस धादिङको पार्टी कार्यालय भवन शिलान्यायपछि नजिकै औपचारिक कार्यक्रम सुरु हुँदै थियो। कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व अर्थमन्त्री रामशरण महत, मिनेन्द्र रिजाल लगायत ठूला नेताहरुको आशनग्रहण भयो। त्यतिबेलासम्म करिब ५० भन्दा बढी नेता तथा अन्य अतिथिहरुको आशनग्रहण भइसकेको थियो।

अतिथि आसन ग्रहण नसकिदै मञ्च दुई सेकेण्डमै गल्र्याङ गुर्लुङ भाँचियो। मञ्च भत्किएपछि मञ्चमा रहेका अतिथिहरु एत्रतत्र छरिए। एकाएक माहोल बदलियो। नेताहरुमा खैलाबैला चल्न थाल्यो । सवै भागभाग गर्न थाले । केहीबेर कार्यक्रम विथोलियो । मञ्च भाँचिदा अतिथिलाई व्याज लगाइदिँदै गरेकी नेपाली कांग्रेस धादिङकी नेत्री भगवती पौडेल भाइते भएकी छन् । उनको खुट्टा फ्याक्चर भएको छ। नेता पौडेल सहित अन्य अतिथिहरु भने सकुशल छन्।

कार्यक्रममा हेलिकप्टर लिएर आएका उद्योग मन्त्री रोमी गौचन थकाली आफुलाई सुरुमै कार्यक्रममा बोल्न नदिएको भन्दै आयोजकसंग रिसाउँदै केहीबेरमै मञ्चबाट बाहिरिएका थिए। आफ्नो अति व्यस्त समय भएकाले समयमै बोल्न दिन आग्रह गरेका मन्त्री थकालीले आयोजकले ढिलो बोल्न आग्रह गरेपछि आक्रोशित हुँदै कार्यक्रम स्थलबाट हेलिकप्टरमै काठमाडौं फर्किएका थिए।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App