१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

भारतीय राष्ट्रपतिको भव्य स्वागत (फोटो फिचर)

काठमाडौँ-नेपालको राजकीय भ्रमणमा बुधबार अाइपुगेका भारतका राष्ट्रपति प्रणव मुखर्जीको भव्य स्वागत गरिएको छ। मुखर्जीको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपरराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

राष्ट्रपति भण्डारीले विमानस्थलको अति विशिष्ट कक्षमा भारतीय समकक्षीको स्वागत गरिन्।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा विशेष विमानबाट मध्याह्न करिब १२ः२० मा अवतरण गरेका राष्ट्रपति मुखर्जीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।  सो अवसरमा मन्त्रिपरिषद्का सदस्य, परराष्ट्र मन्त्रालय र राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीहरु उपस्थित थिए।

भारतका राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी पनि दिएको थियो।  विमानस्थलको विशेष समारोहपछि राष्ट्रपति भण्डारीका साथ भारतीय राष्ट्रपति एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतलनिवासतर्फ प्रस्थान गरेका थिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App