१५ चैत्र २०८० बिहीबार
फोटो फिचर

चितवन महोत्सव सुरुः उद्योगी व्यवसायीको समस्या समाधान गर्न राज्य नलागेको आरोप (फोटो फिचर)

चितवनको नारायणी नदी किनारमा १४ औँ चितवन महोत्सव सुरु भएको छ। सोमबारबाट सुरु भएको महोत्सव आगामी माघ ४ गतेसम्म चल्ने छ। उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको महोत्सवको उद्घाटन वाग्मती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले गरे। 

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले उद्योगीहरुको समस्या समाधान गर्न ऐन बनाएर अगाडि बढ्नुपर्ने बताएका छन्।  यसमा वाग्मती प्रदेशले पनि साथ दिन तयार रहेको बताए।  ‘अहिले साना उद्योग होस्, घरेलु उद्योग होस् अन्य व्यवसायी हुन्।  सबैलाई साथ दिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ,’ मन्त्री श्रेष्ठले भने, ‘बाग्मती प्रदेश सरकार तपाईहरुको समस्यालाई सामाधान गर्न तयार छ।’ संघ र प्रदेशको धेरै कुरामा अन्तर विरोध रहेको भन्दै ऐन सच्चाउनुपर्ने उनले बताए।  

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको ब्याजका कारण निजि क्षेत्र समस्यामा परेको बताएका छन्।  ‘तरलतालाई बढाउन आठ प्रतिशतको ब्याजदरलाई राष्ट्रबैंकले १६ प्रतिशत पु¥यायो।  तर निष्क्षेप आठ प्रतिशत पनि बढ्न सकेन,’ उनले भने, ‘बैंक पनि बाच्नु पर्छ।  निष्क्षेप कर्ता पनि बाँच्नु पर्छ भन्ने हो। ’ उद्योगी व्यवसायीको लागि एकल ब्याजदर हुनुपर्ने उनको धारणा छ। आउँदा दिनमा ब्याजदर घटेन भने उद्योगी व्यवसायी ससक्क्त रुपमा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए।  कृषिबाट धानिएको अर्थतन्त्र अहिले विप्रेषणबाट धानिएको बताए।  नेपालमा कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको अर्थतन्त्र धरासायी बनेको उनले बताए।  व्यवसायी प्रति राज्य कठोर बनेको उनको अरोप छ।  

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेलले उद्योगी व्यवसायीको समस्या समाधान गर्न राज्य नलागेको आरोप लगाएका छन्।  ‘उद्योगीको अनुहारमा निरासा छ।  कृषि अर्थतन्त्र धरासायी बनेको छ।  तोरीले चिनिने चितवनमा अहिले आयात हुन्छ, पोल्ट्री, माछा व्यवसाय लगायत सबै क्षेत्र धरासायी छ तर, आशाका साथ अगाडि बढेका छन्,’ उनले भने ‘राज्यले व्यवसायीको समस्या समाधान गर्न सकेको छैन। ’  

विसं २०५३ देखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको छ।  यसपटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीका छुट्टैछुट्टै परिसर रहेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए।  विशेषगरी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यसपटक तोरी र मौरीलाई प्रवद्र्धन गर्नेगरी तोरीबारी सहित मौरीको मस्कट महोत्सवभित्र राखिएको छ।  

महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीसहितका कक्ष रहेका छन्।  नेपालमा उत्पादन भएका सामग्रीलाई प्राथमिकताका साथ राखेर तिनीहरुको प्रवद्र्धन र विकासमा १४औँ संस्करणको चितवन महोत्सव अगाडि बढेको अध्यक्ष श्रेष्ठले बताए।  दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिएका छन्।  

महोत्सव अन्तर्गत नै पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभलको आयोजना गरिएको छ।  चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही पुस २९ देखि माघ ३ गतेसम्म विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरु सञ्चालन गरिनेछ।  महोत्सवको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन सुरु गर्ने भनिएपनि वाग्मती प्रदेशका उद्योग मन्त्री मिलनबाबु श्रेष्ठले गरेका हुन्।  

प्रकाशित: २५ पुस २०७९ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App