६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

भोटेकोसीको त्रास (फोटो फिचर)

सिन्धुपाल्चोक- भोटेकोसी नदीमा पानीको सतह घट्दै गए पनि जग्गा कटान रोकिएको छैन। जसका कारण सर्वसाधारणमा अझै त्रास छ। नदी कटानले थप घरसंरचना बगाएको छ। आइतबार सम्म ततोपानी क्षेत्रमा ४७ घर बगेका छन्। पहिरो र बाढीका कारण न हिढ्ने बाटो छ न बस्ने बास। त्रास कायम रहेपनि सुरक्षित आवासको प्रतिक्षामा त्यस वरपरका सर्वसाधारणलाई देख्न सकिन्छ। सिन्धिपाल्चोकको थोरङ देखि लिपिङ सम्म झण्डै २२ किलोमिटर सडक क्षतविक्षत भएको छ। दर्जन भन्दा बढी स्थानमा सडक विग्रेसको छ। १० देखि ५० मिटर सम्मको दुरीमा सडक विग्रिएको छ। सडक विग्रेपछि बाह्रविसे माथि देखि तातोपानी सम्मका ७ गाविसले नाकावन्दीको अवस्था व्यहोरेका छन्। सडकनै भत्केपछि हिँड्ने स्थान सम्म छैन। निरन्तर आइरहेको वर्षाका कारण सर्वसाधारणमा त्रास झन् बढिरहेको छ। बर्षका कारण माथिल्लो भागबाट पहिरो खस्ने क्रम पनि रोकिएको छैन। आकस्मिक काम पर्ने स्थानीय जोखिमका साथ ओहोरदोहोर गर्ने गरेका छन्।  सवैभन्दा धेरै सडक ततोपानी दस किलो देखि लिपिङ सम्मको ५ किलोमिटर सडक पूर्णरुपमा क्षति भएको छ। तिब्वत जोड्ने मुख्य विन्दु लिपिङ बजार पूर्णरुपमा क्षति भएको छ। नागरिकन्युजका प्रतिक रायमाझीले त्यस क्षेत्रका केही तस्विरलाई आफ्नो क्यामेरामा कैद गरेका छन्:

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App