coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

छुपुछुपु धान रोपाइँ (फोटो/भिडियो)

असार १५ को दिन बुधबार कृषिमन्त्री हरिवल गजुरेलले गमलामा धान रोपाइँ गरे पनि मुलुकभरिका किसानले खेतमै धान रोपाइँ गरेका छन्। हिमाल, पहाड, तराई सबै भेग किसानले असार १५ मा धान रोपाइँ गरेका छन्। 
‘व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ नाराका साथ सरकारले पनि धान दिवस मनाएको छ।
नेपालमा धानखेती हुने करिब १५ लाख हेक्टर क्षेत्रफलमध्ये आजसम्म १८ प्रतिशत रोपाइँ भएको छ। कृषि मन्त्रालयका अनुसार तराईमा ७० प्रतिशत, पहाडमा २६ तथा हिमाली क्षेत्रमा ४ प्रतिशत धानबाली लगाइन्छ। 
खानामा भात खाने बानीमा सुधार गर्दै गहुँ, फापरको रोटी, आलुलाई खानामा समावेश गर्न सके नेपालमा चामलको अभाव विज्ञकहरुको दाबी छ। 

सन् २०३० सम्म वार्षिक साढे छ लाख मेट्रिक टन धानको माग हुने भएकाले त्यसको आपूर्तिका लागि कम्तीमा पनि १६ प्रतिशत धान उत्पादनमा वृद्धि गर्नुपर्ने हुन्छ। पछिल्लो १० महिनामा नेपालले रु १८ अर्ब ८६ करोडको चामल आयात गरेको छ। 

 

भिडियो हेर्नुस्:

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App