६ आश्विन २०७७ मंगलबार
अन्य

जुन घरमा आमाको सम्मान हुन्छ त्यो घर मन्दिर बन्छ

आमासँग हुर्कँदा

सिमरन चौलागाइँ

सिमरन चौलागाइँ

जोसँग सधैं रहिरहूँ जस्तो लाग्छ, जोविना सिंगो संसार अधुरो लाग्छ, जसको साथ र आशीवार्दले विश्व हाँक्न सकिन्छ अनि जोविना जीवन अकल्पनीय छ, ती हुन् आमा।  

जिन्दगीको यात्रामा क्षणिक साथहरू भेटिन्छन्। तर आमाको जस्तो साथ कोही कसैबाट पाउन सकिंदैन। तीनै साथ र ममतासँगै मैले आज आमासँग उन्नाइसौं वसन्त पार गरिसकेछु।

जिउन जानिएन भने दुःखको मरुभूमि हो जीवन, जिउन जानियो भने खुशीको सागर हो जीवन। त्यसैले क्षणिक समस्या आउँदैमा रंगीन जीवनलाई रङ्गहीन बन्न दिनुहुन्न भन्ने कुरा मैले आमासँग हुर्किंदै गर्दा जानें।  

आमासँग हुर्किदै गर्दा मैले जीवन के हो बुझ्न पाएँ। नाताले हामी आमाछोरी भए पनि उहाँको साथी भएँ। हरेक दुःखसुखमा भागिदार बनें। संघर्षलाई शिरोधार्य गर्दै आइपर्ने जस्तोसुकै परीक्षा सामना गर्नुपर्छ भन्ने पाठ सिकेँ। आमासँग म मात्र हुर्किनँ, म भित्रको अबोधपन पनि हुर्कियो। म भित्रको व्यवहार हुर्कियो अनि मसँगै आमा पनि हुर्किइन्।  

छोरीबाट बुहारी हुँदा उहाँको नयाँ साइनो जन्मिएको थियो तर बुहारीबाट आमा हुँदा मसँगै आमाको दायित्व जन्मियो। आफ्नो अंश जन्मियो जसलाई अब उहाँले आफूजस्तै बनाउनुपर्ने जिम्मेवारी थपिएको थियो। जसरी मलजल (पोषण) दिइन्छ एउटा बिरुवालाई रुख बन्न। त्यस्तै नैतिक व्यवहारको मलजल पाएँ। सायद रुख त बनिसकेकी छैन होला, तर मलाई दिइएको संस्कार चुकेको छैन। भनिन्छ नि हिरा बन्न कोइलाले प्रचण्ड ताप र चाप सहनुपर्छ त्यसैले त हिरा बहुमूल्य छ।  

त्यस्तै म हुर्किंदै गर्दा मैले पनि हाम्रो जीवनमा आइपरेका धेरै उतारचढाव देखें तर ती पीडादायी समय क्षणिक रहे। अनेकौं परिस्थितिसँग जुझ्नुप¥यो तर हिम्मत कहिले हारिँन। उमेर सँगसँगै म भित्रको बालमस्तिष्कले विकास पायो। मैले मायाको अर्थ थाहा पाएँ। त्यागको आशय बुझें अनि छोरी मान्छे हुनुको महत्व बुझें।  

जीवन भनेको थोरै पीडा अनि धेरै खुशीको रङ्गमञ्च रहेछ। जीवन जिउने तरीका र पाइने खुशी एउटा सिक्काका दुई पाटा रहेछन्। जिउन जानिएन भने दुःखको मरुभूमि हो जीवन, जिउन जानियो भने खुशीको सागर हो जीवन। त्यसैले क्षणिक समस्या आउँदैमा रंगीन जीवनलाई रङ्गहीन बन्न दिनुहुन्न भन्ने कुरा मैले आमासँग हुर्किंदै गर्दा जानें।  

परिवारलाई समेटेर राख्न जस्तोसुकै हदसम्म जान पछि पर्नु हुँदैन। आफू बन्दिलो रस्सी बनेर परिवारलाई एकत्रित गरी ससम्मान राख्न सक्नुपर्छ। समय निकै गतिशील छ अनि उत्तिकै बलवान् पनि। त्यसैले जिन्दगीको गोरेटोमा आइपर्ने जस्तोसुकै क्षणहरूलाई सहस्र स्वीकार्दै अघि बढ्न हिच्किचाउनु हुन्न भन्नेमा पनि म स्पष्ट भएँ। बालमस्तिष्कले पहिले धेरै फटाइँँ गरायो पनि तर बदलामा मैले सजायँ त पाएँ नै जसले मलाई आज कैयौंका तिता वचनको सामना गर्न सक्ने बनायो। मेरो बुझाइमा सन्तानको आचरण निर्धारण गर्ने सामथ्र्य मात्र आमामा हुन्छ। जुन घरमा आमाको सम्मान हुन्छ त्यो घर मन्दिर बन्छ।  

आमा जस्तो पवित्रताको प्रतिमूर्तिलाई हेयको दृष्टिले हेर्नु, आदर नगर्नु कुमार्ग पहिल्याउनु हो। आमासँग हुर्कंदा मैले यिनै कुरा सिकें।    

आमासँग म मात्र हुर्किनँ, म भित्रको अबोधपन पनि हुर्कियो। म भित्रको व्यवहार हुर्कियो अनि मसँगै आमा पनि हुर्किइन्।  

आमासँग सिमरन चौलागाइँ। 

आमासँग हुर्कंदै गर्दा भाइको आगमनले दायित्वबोध गर्न पाएँ। त्यसअघि म एक्लो सन्तान थिएँ तर अब थोरै अभिभावकत्व बहन पनि गर्नुपथ्र्यो। सानालाई माया गर्दै ठूलालाई सम्मान गर्ने कुरा त बुझिसकेकी थिएँ तर आमाको गैरहाजिरीमा आफू दिदी भएको कर्तव्य निर्वाह गर्न जानेको थिइनँं त्यसबेला धेरै त नभनौँ थोरै कसरत गर्नै परेको थियो।  

मसँगै भाइ पनि हुर्किदै थियो। माया र सद्भाव साटासाट गर्दै हामीले कैयौं वसन्त पार ग¥यौं। म स्कुल जाने भैसकेकी थिएँ, स्कुलबाट फर्किंदा छुट्टै आनन्दको अनुभुति हुन्थ्यो किनकि घरमा भाइसँग खेल्न पाइन्थ्यो।  

बिस्तारै भाइ पनि स्कुल जाने भयो त्यसपछि हामी सँगसँगै जान थाल्यौं। स्कुल जाँदा ऊ सधैंजसो रुने गथ्र्यो अनि म जहिले उसलाई हेर्न उसको कक्षामा जान्थे र फकाउँथे। आमाले बेलुका हामी दुवैको गृहकार्य हेर्नुहुन्थ्यो र नआएका कुनै हुन्थे भने सिकाइ दिनुहुन्थ्यो। कहिल्यै आमाले हामीलाई हाम्रो कर्मबाट भाग्न सिकाउनु भएन। मेहेनत र लगनशीलतालाई शिरोपर राख्दै दिइएको काम गर्नैपर्छ भन्ने मान्यता छ आमाको।  

आफ्नो स्वार्थपूर्तिका लागि झूटको सहारा लिनुहुन्न भन्दै आमाले हामीलाई के सही के गलत सबै सिकाउनुभयो।  

आमाले म हुर्किँदै गर्दा मेरो हातमा कलम र कापी थमाइदिनुभयो ताकि मेरो अस्तित्व अशिक्षाले रुमलिएको अन्धकारमा नहराओस। मलाई स्कुल पठाउनुभयो मेरो अस्तित्व अज्ञानताको मुस्लोमा नमुछियोस्। मलाई अनुशासनको गहना पहि¥याइदिनुभयो ताकी आमाले सिकाएको संस्कार नउतारियोस्। उहाँले आत्मविश्वासको पाउजु लगाइदिनुभयो ताकि प्रत्येक झन्कारले मभित्रको आत्मबल यथेष्ट बिउँझिरहोस।  

उहाँले स्वावलंबी ताज पहि¥याइदिनु भयो ताकि कसैको आशमा जीवन झुकाउन नपरोस्। यसर्थ म आफूलाई निकै गौरवान्वित मान्छु। आत्मवल र आत्मसम्मानलाई आत्मसात गरेमा कहिले पिछडिनु पर्दैन भनेर आमाले व्यावहारमा पनि लागु गराउनुभयो।  

साँच्चै कति निश्छल अनि हृदयरोमाञ्चक हुने मातृछाया ! न त माग्नुपर्ने न त किन्नुपर्ने  जन्मसिद्ध पाइने सृष्टिको अनुपम सौगात–आमा।  

निभ्न लागेको दियोमा तेल हालेर चहकिलो ज्वाला प्रज्वलित गरेझैं मेरी आमाले हाम्रो भविष्य चहकिलो बनाइरहन परिश्रमलाई तेलझैं थपिरहनुभएको छ। आफ्ना  सन्तति सबल बनाउन आमा मेरुदण्ड बन्नुभयो। हरेक समस्या सामना गर्न सक्ने क्षमता हामीमा समाहित गराइदिनुभयो।

सुरुमै भनेझैं मैले साँच्चै जीवन बुझें, जीवनलाई गुलाबको बिरुवा बुझें। जीवन आफैंमा कष्टकर भए तापनि फूल फुलाउनै पर्छ। आफूलाई कसैले बिथोल्न खोज्छ भने आफ्ना काँडाहरू फैलाउनै पर्छ। आफ्नो रक्षा आफैं गर्न सक्नुपर्छ। कहिलेकाहीँ माली बन्दै स्याहार्न खोज्ने धेरै आउलान्। त्यसैले आफूले सही मान्छे चिन्न सक्नुपर्छ।

आमाले हामीलाई जन्माउनुभयो। हरेक मुस्किल समयको सामना गर्न सिकाउनुभयो। आफ्नो जन्म व्यर्थ हुन नदिन उज्यालो भविष्यको आकाश देखाइदिनुभयो। शिक्षाले जीवन सिंर्गादै  स्वाभिमानरूपी आभूषण पहिराइदिनुभयो।  

आमासँग हुर्कंदै गर्दा मैले एउटा सबल र सक्षम मानव बन्ने ती हरेक विधामा आफूलाई ढालेँ। शिशुलाई सक्षम मानव बनाउने हरेक आमालाई अभिनन्दन! जय आमा! जय सृष्टि!  

प्रकाशित: २७ श्रावण २०७७ १४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App