coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

लकडाउनमा चित्र

प्रनिश घतानी

प्रनिश घतानी  

कक्षा –८, गोल्डेन पिक हाइस्कुल, सरस्वतीनगर, कपन, काठमाडौं ।

विश्वभर कोरोना महामारी फैलिदै थियो । यसको जोखिम नियन्त्रणका लागि सरकारले नेपालमा पनि लकडाउनको घोषणा गरयो।  लकडाउनसँगै डर पनि उत्तिकै बढ्न थालेको थियो । अरू धेरैलाई जस्तै मलाई पनि डर लागेको थियो । विभिन्न  संचार माध्यमले धमाधम कोरोनाबाट बच्ने सन्देशहरू भन्ने थालेको थियो। एकदुई दिन घरमै बस्दा रमाइलो भयो तर एक हप्ता घरबाट निस्कन नपाउँदा झ्याउ लाग्न थालेको थियो । बाबाममीसँग गाउँ जाऊँ भनें तर उहाँहरूले गाउँभन्दा काठमाडौं नै सुरक्षित छ भनिरहनुभयो ।

खाली समयमा भाइबैनीसँग खेलेर समय बित्यो । लकडाउनले वाक्कदिक्क भएपछि भाइले पनि गाउँ जाने भन्न थालेको थियो । मैले पनि फेरि बाबाममीसँग गाउँ जाऊँ भन्न थालेको थिएँ  ।

एक दिन काठमाडौंमा बसेकाहरूलाई गाउँ लैजाने निर्णय सुनें । नभन्दै वैशाख ९ गते हामी गाउँतिर लाग्यौं । गाडी निकै प्याक थियो । बाटैभरि गाउँ जानेको लर्को थियो । भारी बोकेर खाली खुट्टा हिँड्नेहरू पनि प्रशस्तै देखिए ।

प्रनिश घतानीका चित्र

गाउँमा लकडाउनको समय मेरो लागि निकै उपलब्धिमूलक भयो । गाउँमै रमाइलोसँग बित्यो ।  समयको बितेको नै थाहा हुँदैन थियो । काठमाडौंमा भन्दा गाउँमा सुन्दर र सफा वातावरण बस्न पाइने । प्रकृतिसँग नजिक हुन पाइने। हामीले पुस्तक पढेकोभन्दा देख्दा अर्काे अनुभव गरें ।

हिमाल, पहाड, लेकबेसी, वनजंगल  र खोलानाला थुप्रै देखें । खेतबारीमा धान र कोदो रोपाइँ पनि देख्न पाएँ । गाउँमा गोरु नारेर बारी जोतेको देखें । मलाई निकै अनौठो लाग्यो। गाउँमा हलो जोतेको किताबमा मात्रै दखेको थिएँ। तर यसपालि नजिकबाट देख्न पाएँ। वर्षातको समयमा गाउँमा सबै जना धान कोदो रोप्न निस्केको देखें । मेरो पनि बाबाममीले धानकोदो रोप्नुभयो।  मैले पनि रोपें ।

प्रनिश घतानीका चित्र

पुस्तकमा चित्र हेर्नु र साँच्चिकै देख्नुमा निकै फरक हुँदो रहेछ। मैले गाउँघर, हिमालपहाड, खोलानाला, वनजंगल र खेतबारीमा धानकोदो रोपको दृश्यलाई चित्रमा उतार्न कोसिस गरेको छु। चित्र बनाइसकेपछि निकै आनन्द आउँदो रहेछ । भन्न नसकेको कति कुराहरूलाई चित्रमार्फत पनि भन्न सकिने रहेछ । कक्षाकोठामा पनि चित्रको माध्यमबाट पढाएको पाठ राम्रोसँग बुझिन्छ । अझै राम्रो चित्र कोर्न के गर्नुपर्छ । साथीहरूबाट सुझावको अपेक्षा गर्दछु । मेरा चित्रहरू यहाँलाई कस्तो लाग्यो ? हेरेर भन्नु होला ।

प्रकाशित: ३१ असार २०७७ ०८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App