८ वैशाख २०८१ शनिबार
अन्य

स्कुल बेच्ने बालक

हार्दिक न्यौपाने  

कक्षा –२, अक्षरा स्कुल, काँडाघारी काठमाडौं ।

स्कुल बेच्ने बालकमा मलाई मन पर्ने भगवान् श्रीकृष्णको भजन छ । बाबाले पढेर सुनाउनु भको थ्यो । मेरो फेवरेट भगवान् भनेको श्रीकृष्ण भगवान् हो । किनकि मलाई भगवान् कृष्णको सिरियल, भजन मन पर्छ । म टिभी र युटयुवमा श्रीकृष्ण हेर्छु जहिल्यै । तर अहिले के गर्नु ? श्रीकृष्ण सिरियल गइसक्यो । मैले श्रीकृष्ण हेरेर अरूसँग दुस्मन लिनु हुँदैन भनेर सिक्छु । कंसले कृष्ण मार्न कति राक्षस पठायो । तर कृष्णले कंसलाई मार्दिनु भो । बलरामले चाडुललाई मार्दिनु भो । चाडुललाई कुस्ती खेलेर बलरामले मार्दिनुभयो ।

स्कुल बेच्ने बालक मेरो बारेमा लेख्नुभको छ । त्यसैले मलाई मन पर्छ । यो किताब मेरो बाबाले लेख्नुभएको हो । मेरो बाबा राइटर हो । राइटर मलाई मन पर्छ । मैले यो किताब कति जनालाई देखाको छु ।

मेरो बारेको किताब भएकाले मलाई रमाइलो पनि लाग्यो । यो किताब धेरै जनाले पढे । धेरै जनाले पढे भनेर मेरो बाबाले मलाई भन्नुभएको हो । बाबाले यसो भन्दा मलाई पत्यार लाग्छ । किनकि पत्रकारहरूले कहिल्यै झूठ बोल्दैनन् ।  

यो किताब कहिले विमोचन भएको हो मलाई दिनचाहिं याद छैन । म विमोचनमाचाहिं गएको थिएँ । नयाँ लुगा लार गको थें । विमोचन कहाँ भयो ठाउँ नै याद छैन । म ५ वर्ष हुँदा विमोचन गरेको । म अहिले ६ वर्ष पूरा भएर ७ लागें ।

विमोचनमा मेरो अञ्जु मिस भेटें । इला अन्टी पनि भेटें । मैंले पनि विमोचन गरें । मैंले यो किताब विमोचनमा ककसलाई किताब पो बाँडिदिएछु । अञ्जु मिसको किताब पनि अरूलाई बाँडिदिएछु । मैले फटाइँ गरिदिएँ । एउटाको किताब अर्काेलाई लगेर बाँडिदिएछु । यस्तो  फटाइँ गरेछु । त्यतिखेर म सानो थिएँ । पुन्टुरे थिएँ । थाहा नभएर फटाइँ गरेको । विमोचनमा मैंले दुइटा गीत पनि गाएँ । 

स्कुल बेच्ने बालक

स्कुल बेच्ने बालक म ५ कक्षामा गएपछि पढ्छु । अहिले पढौंपढौं लागेको छ । तर के गर्नु म पढ्न सक्दिनँ । मेरो बाबाले भर्खर पढेर सुनाउनुभएको हो । यो किताबमा मेरो कथा पनि छ । भगवान् कृष्णको कथा पनि छ । यशोदा, कृष्ण र नन्दको बारेमा छ । नन्दले कृष्णलाई माया गरेको कुरा छ । केही गर्नबाट रोकेनन् । कृष्ण भगवान् सानामा कस्तो उटपटयाङ । जाँदै मखन चोर्दै । वटरको मड्की फोर्न जान्छन् । चकचक गर्दा पनि उसको बाबाममीले माया गर्नुहुन्थ्यो । हुन त नन्द होइन, नन्दलाल हो । नन्दलालाई पनि बाबाले नन्द मात्र लेख्नुभएछ । कृष्णले आगो बाल्दा पानी हाल्दिनी । ठेकी फुटाउनी । चकचक गर्नी । नन्दलाल र यशोदाले रोक्न सकेनन् । त्यही भएर नन्दले बाहिर लगे । जुन देखाए । कृष्ण भगवानले मलाई जून चाहियो, जून चाहियो भन्न थाले । जून चाहियो भन्दा कसरी ल्याउने भनेर समस्या भयो । यशोदालाई आइडिया फुरयो । अनि यशोदाले पानीमा राख्दिनुभयो । कृष्णको हातमा दिई । पानीमा जून देखियो । कृष्णचाहिं अलि उटपटयाङ खालको । पानी हल्लाइदिए । जून गायब भयो । यो कथा सुनेर मलाई राम्रो लाग्यो । किनकि त्यो भगवान् कृष्णको बारेमा थियो । यो कथाको सन्देश छुचो हुनु हुँदैन । आइडिया लाउनुपर्छ भन्ने सन्देश थियो ।

यो किताब आएपछि म फेमस भएँ । किनकि कति जनाले यो हार्दिक न्यौपाने भनेर पढ्नुभयो । हार्दिक भनेको यही रहेछ भनेर थाहा पाउनुभयो ।

यो किताबमा म र कृष्णको बारेमा लेखेको छ भनेर बाबाले भनेको हो । अरू के लेखेको छ थाहा छैन । मैंले लेखेको किताब हो र थाहा  हुनु ? सानासाना अक्षर छ । बच्चाले पढ्नै सक्दैन । बाहिरको कभर पेज मात्र पढ्न सक्छु । जस्तो कि स्कुल बेच्ने बालक, दामोदर न्यौपाने मात्र पढ्न सक्छु । ठूल्ठूला अक्षर पढ्न सक्छु । साना अक्षर सक्दिनँ ।

पछाडि बाबाको फोटो छ । बाबाको फोटाछेउ सानो चरा जस्तो पनि छ । किन राखेको हो चरा ? साइडमा के लेखेको छ । त्यो मात्र हेर्न सक्छु । अगाडि मेरो फोटो छ । एउटा किताबमाचाहिं मेरो दाइले सबै नाक कीरा लागेको बनाइदियो । कीरा लागेको नाक बनाइदियो पेनले कोरेर । मैले नगर भनेको थिएँ  । तैपनि गर्दियो ।

मैंले यो किताब मिसलाई पनि दिएँ । मिसले लिनुभयो । बाबाको भए जति सबै किताब लग्देको । मिसले थ्याङ्क यु भन्नुभो । अझै किताब लान मन छ । तर, अब लकडाउनले गर्दा लग्न पाउँदिनँ ।

मैंले मेरो बाबा फेमस हुनुहुन्छ भनेर साथीलाई सुनाएँ । बाबाको नाम दामोदर हो भनेर साथीलाई सुनाएँ । साथीले डामोडर, पामोदर भनेर जिस्कायो । अनि मैले मिसलाई कम्पलेन गर्दिएँ । मैले कप्लेन गरेपछि मिसले हार्दिकलाई नजिस्काऊ भन्नुभयो ।

यो किताब दुनियाँ भरको मान्छेको पढ्नुपर्छ । यो पढ्यो भने हामीले धेरै ज्ञान पाउँछौं । कस्तोकस्तो ज्ञान पाइन्छ भनेरचाहिं म एक्सप्लेन गर्न सक्दिनँ । किनभने म विद्यार्थी हुँ भन्दैमा सबै कुरा थाहा हुँदैन । सिकाको कुरा मात्र थाहा हुन्छ नि ।

प्रकाशित: ६ असार २०७७ ०६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App