१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

परफेक्ट बनिएन भने केही गर्न सकिँदैन जिन्दगीमा

हार्दिक न्यौपाने

कक्षा  २

अक्षरा स्कुल, काँडाघारी, काठमाडौ ।

मैले चित्र बनाउन युटयुबबाट सिकें । मलाई बाहुबलिको प्रभास, बाहुबलिको घोडा, जरायो, माछा, घर, ट्राफिक लाइन, नो पार्किङ, स्टप, बसको चित्र बनाउन आउँछ । चित्रले हामीलाई नि आर्टिस्ट बनाउन सहयोग गर्छ अनि धेरै बनायो भने प्राक्टिस पनि हुन्छ । प्राक्टिस गरयो भने आर्टिस बन्न सजिलो हुन्छ । त्यही भएर म चित्र बनाउन मन लाग्छ । चित्र बनाउन मन लाग्छ किनकि चित्र धेरै राम्रो हुन्छ । चित्र हेर्दा सुपर लाग्छ ।  

बाहुबलिको घोडा पनि युटयुबमा हेरेर बनाएको हो । बाहुबलि फिलिममा घोडा सबैभन्दा तागतदार हुन्छ । त्यसले आफ्नो दिमाग र बुद्धिको बराबर युज गर्छ । त्यही भएर मलाई बाहुबलि फिलिम मन परेको हो । तरबारबाजी घोडा दौडाउने सबै आउँछ मलाई । महेन्द्रलाई चाहिँ माथि झरनाबाट खस्दा पनि केही हुँदैन । बाहुबलिमा घोडाको काम युद्ध गर्छ । युद्ध गर्नेलाई सहयोग गर्छ । आफ्नो ढाडमा बसाउँछ अनि सबै गुण्डालाई मार्न सहयोग गर्छ । बाहुबलिले घोडा माथिबाटै गुण्डालाई मारिदिन्छ ।  

बाहुबलिको घोडाको रङ कालो छ । खुर र निधारमा सेतो छ । त्योचाहिँ कस्तो बलियो छ भने नि, लड्दा पनि मर्दैन । बाहुबलिमा टन्नै घोडा छन् । हाउ टु ड्र हर्स लेख्दासाथ घोडा आउँछ ।  

घोडाको चित्र 

मलाई पनि चित्र बनाएको जस्तै घोडा पाल्न मन लागेको छ । घोडा किन्ने ठाउँमा पाइहाल्छ । घोडा चलाउन पनि आउँछ मलाई । एउटा डोरी घाँटीमा लगाएको हुन्छ । खुट्टा टेक्ने ठाउँ पनि हुन्छ । त्यसलाई पेटमा छोइदिनुपर्छ अनि दौडन्छ ।  

मैंले जरायोको चित्र बनाए । जरायो मलाई मन पर्छ । किनभने यो सिंहसँग पनि भाग्न सक्छ । कोही बेला सिहंले अगाडिबाट हमला गरेर मारिदिन्छ । सिंहले मार्दा मलाई नराम्रो लाग्छ । तर, के गर्नु ? मैले केही गर्न सक्दिनँ । सिंह नखाई बाँच्दैन । खै के गर्नु के गर्नु ? सिंह पनि बाँच्नु परयो । जरायो पनि बाँच्नु परयो । त्यसका लागि मैले केही गर्न सक्दिनँ । सिहं फेन्ट भएको भए पनि हुन्थ्यो नि । म त्यसलाई गएर मासु खुवाइदिन्थे । तर, के गर्नु त्यस्तो गर्न मिल्दैन । सिंह फेन्ट भएन भने खाइदिहाल्छ । हामीलाई एट्याक गरेको बेलामा मासु फाल्दियो भने त हामीलाई नै केही गर्दैन होला । मासु खुवाइदिन पाए अजिंगर पनि फ्रेन्ड हुन्थ्यो ।  

जरायोले त केही गर्दैनथ्यो । जरायोले त घाँस खाइहाल्छ । घाँस त जहाँ पनि पाइहाल्छ । सिंहले त घाँस पनि खाँदैन । मासु मात्रै खान्छ । त्यही भएर जरायो नखाई सिंह बाँच्नै सक्दैन । नखाए त हुने तर के गर्ने के गर्ने । मैले केही गर्नै सक्दिनँ ।

घोडाचाहिँ शहरतिर हुन्छ । मान्छेसँग हुन्छ । शिकारीले पनि जोगाउँछ । गाउँमा हुन्छ । घोडालाई सिंहले टच गर्नै सक्दैन । धुलै उड्ने गरी दौडन्छ । घोडालाई भेट्नै नसक्ने भएर मलाई मर्ला भन्ने पीर लाग्दैन । मैले घोडा पालेको बेलामा सिंह आयो भने घोडालाई बिजुलीभन्दा पनि तेज दौडाएर जोगाउँछु ।  

बाहुबलिको पनि चित्र बनाएको छु । धेरै मेहनत गर्नुपरयो । कपाल, आँखा बनाउन गाह्रो  । कपालको त कुरै नगरौं सबैभन्दा गाह्रो । गाह्रो भए पनि अभ्यास गर्नुपरयो । परफेक्ट बन्नु परयो । परफेक्ट हुनुपर्छ भनेर मैले आफैंले जानेको हो । परफेक्ट बनिएन भने त केही गर्नै सकिंदैन जिन्दगीमा ।  

प्रकाशित: १८ जेष्ठ २०७७ १०:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App