८ वैशाख २०८१ शनिबार
कला

हिउँ माया

कविता

सीता थुलुङ

सीता थुलुङ

मलाई  

हिउँजस्तै माया मन पर्छ

निश्चल, सफेद, सफा

चिस्सो... ।

 

ग्लुमी दिनहरूमा,

नीला ओठहरू थर्थराउँदै

नीला औँलाहरू चलमलाउँदै

बयान गर्नु कुनै सम्बन्धको  

जुन आकाशभन्दा फराकिलो,

ब्रह्माण्डभन्दा विशाल छ ।  

र, महसुस गर्नु  

गरिरहनु...

आजन्म

जस्तो आफैँसँग भएर पनि

हजुर एक मसँग नहुनु,

आजन्म

पूरा नहुने सर्रियल मोहहरू हुनु  

भइरहनु...

र नरित्तिने मायावी यादहरू हुनु

भइरहनु... ।

 

मलाई  

हिउँजस्तै माया मन पर्छ

निश्चल, सफेद, सफा

चिस्सो... ।

जसलाई चाहेर पनि जतनसाथ  

सजाउनै सकिन्न जिन्दगी, कसैगरी ।

प्रकाशित: १० जेष्ठ २०७७ ०४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App