८ वैशाख २०८१ शनिबार
कला

अनपेक्षित अनुबन्ध

सम्बन्ध

म राम । एक वर्षको लगातार कोसिस पछि मेरो भिसा लाग्छ । अनि पुरै तयारी गरेर म नेपालबाट अमेरिकातर्फ लाग्छु । त्यहाँ पुगेपछि थाहा भयो, भनेको र सोचेको जस्तो त हुँदैन रै’छ विदेशको बसोबास । तर पनि मनभरि सपना बोकेको थिएँ । मनमा अहङ्कार पनि थियो । धेरै पैसा कमाउँछु भन्ने । पढ्न गए पनि उद्देश्य त पैसा कमाउने नै थियो । स्नातक सकेर स्नाताकोत्तर पढ्न भनेर विद्यार्थी भिसा पाएको थिए र धेरै काम गर्न पाइन्थेन ।  

घरको आर्थिक स्तरले धान्न नसके पनि विदेश जाने भूत सवार थियो ममा । घरपरिवारलाई फकाएर पैसा खोज्न लगाएको थिएँ । आमाबुबाको मन त हो छोराको खुसीका लागि मम्मीको नाममा भएको जग्गा बेच्नुभयो । मेरो खुसीका लागि । छोराको सपना पुरा गर्न सम्पत्ति बेच्नुभयो । अमेरिकाको वासिङ्टन विश्वविद्यालयमा भर्ना पाएको थिए ।

नेपालमा सोचेको जस्तो काम त पाएन । कहिले सुपरमार्केटमा सामान बोक्ने–मिलाउनेसँगै सामान ठाउँठाउँमा पु¥याउने काम गर्ने गर्थें भने कहिले रेस्टुरेन्टमा वेटरको । नेपालमा परिवारलाई त छोरा अमेरिका छ भन्ने हुन्थ्यो तर अमेरिकाको समस्या परिवारलाई के थाहा ?

हामी साथीहरूमा आफ्नो नाम र शानका लागि वेटरको काम गरेपनि म्यानेजरको काम गर्ने जस्तो गफ दिन्छौं । त्यस्तै गफ सुनेर सबैलाई बाहिर जाने रहर लाग्छ । हाम्रो बानी भनेका आफ्नो हालतलाई वास्तविकता लुकाएर बाहिरी देखावटी गर्ने गर्छौं ।  

विदेशमा पैसाको बोट छ र गएर टिप्नेजस्तो ठानेर बिदेसिन खोज्छौं । किनकि, समस्या त बुझेका हुन्नौं नि १ अमेरिका, क्यानडा र अस्ट्रेलिया गएपछि पैसा टक्क कमाइन्छ भन्ने मनस्थिति हुन्छ । पैसा र ग्रिनकार्ड हुनेलाई विवाहका लागि सजिलै केटी दिन्छन् । किनकि, अहिले सबैको अवस्था यस्तै छ । केटा–केटीको बानीभन्दा पनि पैसा र भिसा भए पुग्छ । यस्तै कारणहरूले मानसिक नै विदेश जाने हुन्छ ।  

मेरो पनि अवस्था त्यस्तै थियो । मेरो मनमा एउटै कुरा खेलिरहेको थियो । मसँग पैसा र भिसा नभएको कारणले मेरो गर्लफ्रेन्डले छाडेर अर्कैसँग विवाह गरेर गई । उसको धोका नै मेरो नाकामी हो भनेर झलझली सम्झन्थें । रिस दबाएर आफूलाई सक्षम बनाउन लागेको थिएँ ।  

आठ वर्षअघि । मैले पहिलोपटक उनलाई देखें । दाइको विवाह थियो । जन्ती बनेर गएको थिएँ । पहिलो नजरमै मन घायल भयो । उनको नाम रमा रहेछ । उनी दुलहीतर्फकी थिइन् ।  

पहिलो वर्ष के गर्दागर्दै बित्यो । दोस्रो वर्ष पनि पढाइ अनि काममा नै बिताएँ । दुई वर्षको पढाइ सकेर काम गरिरहेका थिएँ । दुई वर्षमा करिब बीस लाख घर पठाएको थिएँ । बेचेको जग्गा किन्न बीस लाख त पठाएको थिए तर अरू पाँच लाख थपेर परिवारले किन्नुभएको थिए । अझै मैले लागत उठाउन सकेको थिइनँ । 

प्रगति त शून्य नै थियो । कतै–कतै गल्ती त गरिएन जस्तो लाग्थ्यो । परीक्षा सकिएपछि पुरै समय काम गर्न पाइन्थ्यो । भिसा थियो । अन्तर्वार्ता दिएँ र नोकरी नि पाएँ । अतिरिक्त समय काम गर्दा आठ सय डलर पाइन्थ्यो हप्ताको । काम भने अफिस क्लर्कको । स्नातकोत्तर पनि पास सिध्याएँ ।  

सायद पैसा कमाउने जुनुन नै थियो होला टप टेनमा नै परेको रै’छु । त्यसपछि त त्यही कलेजको प्रोफेसरको सिफारिसमा आइटी कम्पनीमा असिस्टेन्ट म्यानेजरको पोस्ट पाएँ । तलब थियो पच्चीस सय अर्धमासिक । पन्ध्र–पन्ध्र दिनमा तलब दिन्थ्यो । अनि बल्ल मन केही शान्त भयो । अब म पनि कोही भन्दा कम छैन भन्ने हुन थाल्यो ।

गाडी चलाएर घर जाँदै थिएँ । मनमा भने रमाको याद नै आइरहेका थियो । सायद पहिलो माया भएर हो कि १ साथसाथै हामीबीच पतिपत्नीको जस्तो सम्बन्ध पनि त थियो । मेरो हरेक कुराको ख्याल गर्थिन् । कसरी भुल्ने त्यो पल । जहाँ सँगै हात समातेर बाटामा रमाउँदै हिँड्थ्यौं ।

शरद अधिकारी

आठ वर्षअघि । मैले पहिलोपटक उनलाई देखें । दाइको विवाह थियो । जन्ती बनेर गएको थिएँ । पहिलो नजरमै मन घायल भयो । उनको नाम रमा रहेछ । उनी दुलहीतर्फकी थिइन् ।  

उनलाई देख्दा मनमा हल्का प्रेमिल भाव जागेको थियो । खालि उनीतिरै नजर जान्थ्यो । बोल्न चाहन्थें । तर के भनेर बोल्ने रु सोच्दासोच्दै विवाह सकिएछ । लुकीछुपी उनको फोटोचाहिँ खिचेको थिएँ । त्यही हेरिरहें । भेट हुन्छ जस्तो लागेको थिएन । तर सन्जोग भनूँ कि भगवान्को इच्छा, कुपण्डोलदेखि रत्नपार्कका माइक्रो चढ्दा उनी भेटिइन् । सँगैको खाली सिटमा गएर बसें । तर पनि बोल्न सकिनँ ।  

एक हप्तापछि फेरि भेट भयो । आईईएलटीएस गर्ने सोचमा ब्रिटिस एम्बेसीनिरको कन्सल्टेन्सीमा गएको थिएँ, त्यही हाम्रो तेस्रो भेट भयो । भेट त के भन्नु र, तेस्रोपटक उनलाई देखेको भन्दा ठीक होला । त्यतिबेला बोल्ने साहस बटुलेर उनीसामु गएँ ।  

‘हाई ।’

‘हेल्लो,’ उनी मसँग बोल्न तयार भइन् ।  

‘चिन्नुभयो ?’ मैले बातचितलाई अघि बढाउन चाहें ।

‘नाइँ, चिनिनँ नि । फेसबुकले गर्दा सबैलाई कताकता देखेको जस्तो त लाग्छ तर ठम्याउन गाह्रो भयो ।’  

‘म राम, तेस्रो भेट हो यो हाम्रो ।’  

‘तर मलाई त त्यस्तो लाग्दैन ।’

‘तपाईंलाई राजेश दाइ र विमला भाउजूको विवाहमा देखेको थिएँ । त्यसपछि अस्ति गाडीमा । आज यहाँ ।’  

‘ए विमला दिदीको विवाह ! मेरो फुपूको छोरी हो,’ उनी अलि खुल्न थालिन् ।

‘हामी त नातामा जोडियौं नि !’ मैले बातचितलाई तन्काउने कोसिस गरें ।  

‘हजुर !’  

मैले सँगै कफी पिउने प्रस्ताव राखें ।

‘हतारमा छु अरू कुनै दिन हुन्न ।’  

‘यही साइडमा छ नि क्याफे । भोलिको के भर !’  

उनले हाँस्दै मेरो प्रस्ताव स्वीकार गरिन् । कफीको चुस्कीसँगै धेरै कुराकानी भए । उनको बाहिर जाने सोच रहेछ । आईईएलटीएस पढ्ने भनेर आएकी रहिछन् । सोमबारबाट नयाँ कक्षा सुरु हुँदै रहेछ । त्यति थाहा भएपछि बुझ्न भनेर गएको मान्छे भर्नै भएर आएँ ।  

सोमबारको भेट चौथो भयो । मलाई देखेर रमाले आश्चर्य मान्दै भनिन्, ‘तिमी पनि !’  

हाँस्दै जवाफ दिएँ, ‘हजुर ।’  

‘अस्ति त केही कुरा गरेनौ त ’  

‘तिमीले सोधेनौ नि !’  

हामीबीच राम्रो मित्रता गाँसियो । घन्टौं फोनमा कुरा गथ्र्यौं । सधैं भेट्थ्यौं । घुम्न जान्थ्याैं । काठमाडौंका सबै ठाउँ सँगसँगै घुम्यौं । वैशाखमा दाइको विवाहमा देखेको थिएँ उनलाई । फागुनसम्म हामी एकदम नजिक भइसकेका थियाैं ।  

भ्यालेन्टाइन डेको दिन मैले प्रस्ताव गरें  

‘के तिमी मेरो भ्यालेन्टाइन हुन्छ्यौ ?’

‘हुन्छ’

‘के तिमी मेरी श्रीमती बन्छ्यौ ?’

‘हुन्छ’

पढाई पनि राम्रै चलिरहेको थियो । उनले परीक्षा दिने निधो गरेकी थिइन म भने अलि पछि दिने मानसिकतामा थिएँ । किनकि हामी डिपेन्डेन्टमा जाने प्लान बनाएका थियाैं। असार महिनाको डेट लिएको थिइनँ । मिहिनेत पनि गरिरहेको थिइनँ । उनको पढाइमा सहयोग पनि दिइराखेको थिएँ ।  

उनका स–सना इच्छाहरू सकेसम्म पूरा गरिरहेको थिएँ साथै उनी पनि मेरो चाहना र इच्छाको कदर गर्थिन । उनी मेरो ख्याल राख्थिन, म उनको । हामीमा झगडा पनि हुँदैनथ्यो । एकअर्कामा हक जमाउथ्यौं । हाम्रो सम्बन्ध देखेर साथीभाइले भन्ने गर्थे– ‘रब ने बना दि जोडी’ भगवान्ले नै बनाएको जोडी हो रे हाम्रो ।  

अचानक गाडीको अगाडि एउटा बालक आयो । झसङ्ग भएँ । गाडी रोकें । चार÷पाँचजना केटाहरू उसका पछि लागेका थिए । गाडीबाट ओर्लिएँ । उसको नजिक पुगेर बोलाएँ, ‘तिमी ठीक छौ ?’

‘हजुर ।’  

‘के भएको थियो ?’

‘मलाई बचाउनुस्, मलाई सहयोग गर्नुस् ।’  

अमेरिकनहरू मेरो नजिक आएर बालक मागे । मैले थर्काएँ । उसको सिक्री र मोबाइल खोसिसकेका रै’छन् । मैले पुलिस बोलाउछु भनेपछि फर्किए ।  

‘तिम्रो नाम के हो, कहाँ बस्छौ ?’

‘मेरो नाम किशोर हो । म डल्लास९टेक्सस०मा बस्छु । परिवार सबै उतै हुनुहुन्छ । मलाई अपहरण गरेर ल्याएका हुन् ।’  

मैले उनलाई सान्त्वना दिएँ, ‘नडराऊ, हिँड मसँंग म भोलि तिमीलाई छाडिदिन्छु ।’

उसले स्वीकृति जनायो ।

त्यो बालकलाई लिएर घर गएँ । सँगै बसेर खाना खायाैं । अनि बेडरुममा सुत्न गएँ । बिहान उठे्दा त्यो बालक थिएन । आसपासका अपार्टमेन्ट छिमेकीहरूलाई सोधें । कसैले थाहा भएको बताएनन् । म अत्तालिएँ । सानो बच्चा कहाँ जान सक्छ भनेर खोज्न थालें । उसका आँखामा डर र भरोसा देखेको थिएँ । म उसलाई उसको परिवार हुनी पुर्याउन चाहन्थें ।  

घरका कामदारहरूलाई बच्चाबारे सोधें ।

‘को बच्चा रु तपाईंसँग कोही पनि आएको थिएन । तपा्इं एक्लै आउनुभएको थियो,’ एक मजदुरले भन्यो ।

‘साँच्ची हो ?’  

‘हो सर ।’  

म एकछिन चुपचाप रहें । सोचमा परें, ‘वास्तवमा को थियो त्यो, जसलाई मैले हिजो राति देखेको थिएँ । कहाँ गयो त्यो बालक ।’

अफिस गएँ । तर काममा मनै गएन । हरेक पल उसकै बारे सोच्न थालें । भुल्न कोसिस गरे पनि झलझली याद आउँथ्यो । त्यो बालकलाई भुल्नै सकिनँ । अनि खोज्न जनो निधो गरे । मसँगै पढेको साथी अमेरिकन प्रहरीमा काम गथ्र्यो । मैले उसको सहयोग मागे । आर्टिस्टको मद्दतले किशोरको स्केच तयार भयो । स्केच लिएर किशोरको खोजी सुरु ग¥यौं । डल्लास घर बताएको हुनाले अलि सजिलो भयो खोज्न । विवरण पत्ता लाग्यो । तर म अचम्मित भएँ । किशोर नाम गरेको त्यो बालक मृत देखियो डाटामा ।  

अनि मेरो मनमा जिज्ञासा उब्जियो । आखिर के भयो किशोरलाई रु कसले गर्यो ? उसका आफन्तलाई भेट्न मन लाग्यो । म उसको ठेगानामा पुगे । म पत्याउनै सकेको थिइनँ । तर त्यहा पुग्दा होसै उड्यो । किशोरको मृत घोषणा भइसकेको थियो । आमाबुबासँग गरिएको कुराकानीबाट सबै कुरा थाहा पाएँ । म केही बोल्न सकिनँ ।  

किशोरको आमा अरू कोही नभएर मेरो प्रेमिका रमा रहिछन् । मलाई देखेर उनी पनि छक्क परिन् । आसपासको मान्छेको प्रभावबिना नै अँगालेर रुन थालिन् । के गर्ने भनी केही सोच्नै सकिएन ।  

रमाका श्रीमान् किस्मतले मंलाई चिन्दा रहेछन् । उनले मेरो सामु आएर भने, ‘हजुर राम हो नि ?’

मैले ‘हो’ भनें र ‘हजुर को ?’ भनेर प्रश्न गरें ।

‘म रमाको श्रीमान् । किशोरलाई कसरी चिन्नुहुन्छ ?’

‘चिन्दिनँ । अस्ति साँझ भेटेको थिएँ । घर लगें । बिहान उठ्दा अचानक गायब भएपछि खोज्दै आएको हुँ ।’  

‘आज किशोरको मृत्यु भएको तेह्र दिन भयो,’ किस्मतले भने ।

‘होइन, तीन दिनअघि त मैले उसलाई लुटेराहरूबाट बचाएको थिएँ ।’  

मेरो कुरा सुनेर उनी चुप भए । रमाले आफैंले उसको शव कन्फर्म गरेको बताइन् । मैले उसको स्केच देखाएँ ।  

रमाले भनिन्, ‘कहाँ देख्यौ तिमीले ?’

‘एकिमा भेली (वासिङ्टन डिसी) मा अस्ति राति १० बजे । अफिसबाट घर फर्किने क्रममा ।’

शरद अधिकारी

‘प्रहरीले डिआब्लो लेकको साइडमा मृत अवस्थामा भेट्टाएको । पानीमा डुबेर शरिर सुन्निएको र गलेको अवस्थामा थियो । कपडाका आधारमा चिनेर अन्तिम संस्कार गरेको,’ रमाले भनिन् ।

उनको हालत र आर्थिक अवस्था देखेर मेरो मनको रिस मर्यो । न त उनले भनेको जस्तो धनी थियो केटो । न त उनको सपना नै पूरा भएको थियो ।  

उनलाई हेरेर त्यो पलको याद आयो । जब उनको अनुहारमा हाँसोको चमक र छुट्टै रौनक हुन्थ्यो ।

‘रब ने बना दि जोडी’ यही भन्दै जिस्काउँथे हामीलाई । हामी पनि मनमनै एकदम खुसी हुन्थ्यौं । उनी मलाई बुझ्थिन्, म उनलाई । पति–पत्नीको सम्बन्ध सुमधर हुन भरोसा र विश्वास चाहिन्छ । हामी आँखा चिम्लेर एकअर्कामा भरोसा गथ्र्यौं । मलाई के चाहिन्छ मैले भन्नै पर्थेन, उनी आफैं बुझेर ल्याइदिन्थिन् ।

म अचम्मित पर्थें । कसरी थाहा पाउछौ मेरो मनको कुरा भनेर सोध्थें । ‘हर्ट टु हर्ट कनेक्सन’ भन्थिन् । मेरो मनमा पनि उनका लागि असाध्यै माया छ । उनको चाहना र इच्छाको सधैं कदर गर्थे । उनी के चाहन्छिन्, त्यो गर्थें । किनकि, म उनको खुसीमा नै मैले आफ्नो खुसी देखेको थिएँ ।  

उनको आईएलटिएसको परीक्षा पनि दिइन् । एक हप्तापछि नतिजा आयो । स्कोर ६ आएको रै’छ । उनी निरास थिइन् । कन्सलेटेन्सीले डिपेन्डेन्टमा भिसा लाग्ने चान्स कम भएको जानकारी गरायो । उनी चिन्ता लिन थालिन् । मैले सम्झाएँ । उनी चिन्तामै थिइन् । दोधारमा पनि थिइन् । बाहिर गएर भविष्य उज्ज्वल बनाउने सपना जुन अधुरो हुनेजस्तो थियो ।  

यसैबीच अमेरिकामा बसोबास गर्दै आएको नेपाली केटाबाट विवाहको प्रस्ताव आयो । उनले जवाफ दिइनन् । केही नबोलेपछि सबै परिवारले ‘हुन्छ’ भन्ने ठानेर केटालाई बोलाए । केटा आएर ‘इन्गेन्जमेन्ट’ गरेर फर्कियो ।  

उनको व्यवहार परिवर्तन हुँदै गएको थियो । म विश्वास गर्थें । उनलाई केही शंका गरिनँ । तर एक दिन सबै कुरा थाहा पाएँ । म बोल्न चाहन्नथें तर मन मान्दैनथ्यो । बोल्दिनँ भने पनि उनको कल आए बोलिहाल्थें । टाढा जाने निधो गरें । मोबाइल अफ गरेर बसेको थिएँ । उनी मेरो कोठामा आइन् । मलाई सम्झाउन थालिन्, ‘हतारहतारमा भयो । केही भन्न सकिनँ । म तिमीलाई नै माया गर्छु । अझै समय छ, हामी सँग । ऊ आउनुअघि सबै कुरा भन्छु घरमा ।’  

रमालाई असाध्यै माया गर्थें । त्यसैले उनको हँमा हँ मिलाएँ ।  

सम्बन्ध फेरि पुरानै अवस्थामा आइसकेको थियो । सधैं भेट्ने, डुल्ने, घुम्नुका साथसाथै शारीरिक चाहना पनि पूरा गरिहन्थ्याैं । समय बितेको थाहा नै भएन । उनको विवाहको दिन आउन थाल्यो । केटा आउने कुरा पनि पक्का भयो । म टाढा हुन थालें । उनलाई मबिना बाँच्न नसक्ने महसुस हुन लागेछ । कल गरेर रुन थालिन् । मलाई लिन आऊ नत्र मर्छु भनेर धम्क्याउन थालिन् । मैले नआउने कुरा प्रस्ट्याएँ । भनें, ‘मलाई पाउन चाहन्छ्यौ भने घरपरिवार र केटालाई भनेर विवाह रोक नत्र आफ्नो सपनाका लागि विवाह गर ।’  

उनले केटासँग कुरा गर्छु भनेर राति स्कुटर निकालेर केटा बसेको होटल पुगिन् । त्यहाँ गएर कुरा गरेर मलाई फोन गर्ने भनेर फोन राखिन् । मेरो मन उकुसमुकुस भइरहेका थियो । उनको फोन आउँछ भनेर पटक–पटक मोबाइल हेर्थें । बिहान हुन लाइसक्यो फोन आएन । आफैंले उनलाई फोन गरे । तर उनको मोबाइल स्विच अफ थियो । म छटपटाएँ ।  

तर, उनी फर्केर आइनन् । न त फोन नै गरिन् । दुई दिनसम्म कुनै खबर नआएपछि म अत्तालिएँ । उनको घर गएँ । छिमेकमा थाहा भयो कि विवाह गरेर अमेरिका गइसकिन् । त्यो खबरले मेरो मुटु छियाछिया भयो ।  

किस्मतले सुनाए, ‘मसँग कुरा गर्न होटल आएको थिइन् । रामलाई मन पराउँछु । ऊबिना बाँच्न नसक्ने भएकाले विवाह गर्न सक्दिनँ भनिन् । म उनलाई पाउन चाहन्थें । त्यही भएर रामलाई मार्दिन्छु भनेर धम्की दिएँ । म विवाह गर्न आएको हुँ र विवाह गरेरै जान्छु भनें ।’  

रमाको श्रीमानले सोधे, ‘के सोच्न लाग्नुभयो ?’

मैले हतारहतार अतालिदै ‘केही होइन’ भनें ।

रमाले धोका दिएकै कारण म अमेरिका आएको थिएँ । आज पाँच वर्षपछि भेट भएको हो । सोध्न त मन थियो, ‘किन छाड्यौ मलाई रु’ तर त्यहाँको हालत त्यस्तो थिएन । कसम खाएको थियौं, सँगै मर्ने बाँच्ने । मनमा हजारौं प्रश्न जन्मिए पनि शान्त थिए । फर्किन थालें । किस्मतले बस्न आग्रह गरे । उनकै घरमा बसियो । किस्मतले महत्वपूर्ण कुरा गर्ने इच्छा सुनाए ।  

मैले भनें, ‘हजुर भन्नुस्, के कुरा गर्न चाहनुहुन्छ ?’  

‘मलाई माफ गर्दिनुस् । मबाट गल्ती भयो,’ किस्मतले भने ।  

‘किन रु के भयो रु केको माफी रु’ मैले सोधे ।

‘रमा हजुरलाई एकदम माया गर्छिन् । उनले हजुरलाई धोका दिएकी होइनन् ।’  

‘माया गर्ने भए मलाई छोड्थिन् ?’  

‘तपाईंलाई थाहा छैन त्यो दिन के भएको थियो ।’ किस्मतले भावुक स्वरमा भने ।  

‘त्यस्तो के भएको थियो र ?’  

रमा आइपुगिन् । भनिन्, ‘के छ राम अचेल तिम्रो खबर रु कहिले आयौ रु सन्चै छौ होला नि ? घरमा पनि सबैजना सन्चै हुनुहुन्छ होला ? अनि विवाह गर्यौ ?’  

प्रश्नहरूको वर्षात् गरिन् । सबैको मिलाएर जवाफ दिएँ ।  

रमाले सुत्न ढिलो भयो भनेर किस्मतलाई लिएर गइन् । म सोचमा परें, ‘आखिर के कुरा रहेछ ?’  

म बिहानै किस्मतसँग कुरा गर्न गएँ । आखिर के भएको थियो र रमासँग ।  

किस्मतले सुनाए, ‘मसँग कुरा गर्न होटल आएको थिइन् । रामलाई मन पराउँछु । ऊबिना बाँच्न नसक्ने भएकाले विवाह गर्न सक्दिनँ भनिन् । म उनलाई पाउन चाहन्थें । त्यही भएर रामलाई मार्दिन्छु भनेर धम्की दिएँ । म विवाह गर्न आएको हुँ र विवाह गरेरै जान्छु भनें ।’  

रमाले भनिरहीकी थिइन्, ‘हाम्रो झगडा भयो । यसै बीचमा त्यही होटलमा बस्ने तीनजना केटाहरू आइपुगे । मैले रक्सी खाएको थिएँ । मैले उनीहरूलाई आफ्नो कोठामा लगिदिन भनें । मेरो कोठामा गयौ । तर कोठामा पुगेपछि त्यी केटाहरू जनावर भएर निक्ले । नचिनेको मान्छेसँग सहयोग माग्नु मेरो ठूलो गल्ती भयो । उनीहरूले मलाई पिटेर रमामाथि नीच व्यवहार गरे । मैले बचाउन सकिनँ । बिहान रक्सीको नसाले छाडेपछि बलात्कारीसँग हातपात भयो । त्यहीबीचमा एकजना झ्यालबाट खस्यो ।’  

किस्मतले अगाडि भने, ‘रमा एकदम डराएकी थिइन् । मलाई पनि डर लागिरहेको थियो । घटनाबारे अरूले थाहा पाए इज्जत जाने, करिअर डुब्ने डरले रमालाई लिएर अमेरिका आएँ तर अझै पनि उनको घाउमा मलम लगाउन सकेको छैन । अझै पनि हजुरलाई भुलेकी छैन ।’

यो सुन्नासाथ मेरो पारा चढ्यो । अर्कोतिर रमाको दुःख मेरो भन्दा एकदम बढी भएको महसुस गरें । अँगालोमा बाँधेर सरी भन्न मन लागेको थियो । मैले रमाको शरीरसँग त माया गरेको होइन, उनको मन र साथ नै ठूलो थियो मेरा लागि । रमाको मायाका लागि कति रात रोएँ कति रात तड्पें, अरूलाई के थाहा रु’  

रमालाई भेटेर भनें, ‘सरी रमा । आइ एम भेरी सरी । आइ लभ यु ।’  

अँगालोमा बाँधिएर रमाले रुन्चे स्वरमा भनिन्, ‘दे किल्ड माई सन ।’ बलात्कारी तीनमध्ये एकजना हातापातमा मृत्यु भएको थियो भने बाँकी दुई जना जिउँदै थिए । उनीहरू पनि अमेरिका नै आएको रै’छन् । रमाले देखेर थर्काएकी रैछिन् । यही कारणले किशोरको हत्या भएको हुन सक्ने रमाले भनिन् ।  

रमा मनमा यति धेरै पिडा बोकेर बाँचिरहेको रैछिन् । उनको अनुहारमा हाँसो फर्काउन जे गर्न पनि तयार थिएँ । उनी जान्न चाहन्थिन् किशोरको हत्यारा को हो ? भनेर ।

उनको खुसीका लागि अनुसन्धान गर्न थालें । तर कुनै प्रमाण फेला परिरहेका थिएन । मलमा घुमिरहेका बेला रमासँग अप्रिय व्यवहार गर्ने एकजना भेट भयो । रमाले देख्नेबित्तिकै कराइन् । त्यो भाग्न थाल्यो । म पछिपछि दौड्न थालें । दौड्ने क्रममा ट्रकसँग ठोक्किएर उसको मृत्यु भयो । प्रहरी आएसँगै म त्यहाबाट फर्किएँ । दुईजना मारिइसकेका थिए । बाँकी एकजना भेटिए किशोरको हत्यारा पत्ता लाग्ने आस थियो ।  

सबै मल, क्याफे, मार्ट र कार्यक्रममा खोज्न थालेका थियाैं । भगवान्ले हाम्रो प्राथना सुन्नुभएछ । ऊ फेला पर्यो । उसको अपार्टमेन्टमा गयौं । धेरै पिटेपछि उसले सच्चाइ उकेल्यो ।

पैसा र पावरको फाइदा उठाएर बलात्कारीका बुवाआमाले आफ्ना सन्तानलाई बिगारेका हुन्छन् । बाबुआमाले राम्रो संस्कार दिनुपर्ने ठाउँमा झन् उनीहरूको कुकर्ममा साथ दिएर उनीहरूलाई नराम्रो काम गर्न हौसला दिएका हुन्छन् । त्यसैको सजाय भोग्छन् आमाबुबाले सन्तान गुमाएर ।  

उसका बुबा एसपी रहेछन् नेपाल प्रहरीमा अनि ट्रक दुर्घटनामा मृत्यु हुनेका बुुबा मन्त्री । बलात्कारका घटनाबारे आ–आफ्ना बुबालाई भनेपछि उनीहरूलाई भिसा लगाएर अमेरिका पठाएछन् । तर रमाले उनीहरूलाई अमेरिकामा देखेपछि सहन नसकेर धम्काएकी रै’छिन् । ‘तिमीहरू पापीलाई सजाय दिन्छु ।’  

रमाले दुईतीन महिनासम्म आफ्नो पिडा भुल्न सकेको थिइनन् । अचानक उनको अवस्था गम्भीर भएपछि उनलाई अस्पताल लगियो । अस्पतालमा थाहा लाग्यो कि रमा तीन महिनाकी गर्भवती रै’छिन् । गर्भपतन गर्दा ज्यानको खतरा हुन्छ भनेपछि रमाले बच्चा जन्माउने निधो गरिन् । किस्मत र रमाबीच शारीरक सम्बन्ध भएको थिएन् । किस्मतले सोच्यो बलात्कारीको बच्चा किन जन्माउने तर रमाले मानिनन् र बच्चा जन्माइन् ।  

किशोर किस्मतको छोरा रहेनछ । त्यही कुरा लिएर बलात्कारीलाई धम्क्याएपछि उनीहरू डराएछन् । घरमा बुबालाई भनेपछि किशोरलाई मार्न माफियालाई पैसा दिइने भएछ । तर तिनीहरूसँग पैसा रहेनछ । पेस्की दिएर अपहरण गर्न लगाएछन् । तर बाँकी पैसा दिएपछि मार्ने भनेर जिउँदै राखेको रै’छन् । मर्ने बलात्कारीको नाममा पैसा आएछ । जसले गर्दा पैसा तिर्न ढिलो भएछ । आज पैसा तिर्ने भनेर बाहिर निक्लेको रहेछ ।  

त्यो सुन्नासाथ म पैसा बोकेर त्यहाँ पुग्छु । किशोरलाई देख्छु । म खुसी हुन्छु । मरेका ठानेको मान्छेलाई जिउदै देख्दा आँखा रसाउँछ । किशोरलाई नमार्न आग्रह गर्छु तर सुन्दैनन् । अनि माफियासँग डिल गर्छु । पैसा पुरै पाउँछस् तर बच्चाको ठाउँमा बलात्कारीलाई मार्नुपर्छ । तर उनीहरू मान्दैनन् । अनि त्यहा फाइट पर्छ । म एक्लै सबैसँग लड्छु । रिसले पुरै शरीर हलचल हुन्छ र सबैलाई पिट्छु । त्यति नै बेला किशोरलाई गोली हान्छन् ।

झन् मेरो मनमा डर उब्जिन्छ । डर र रिसलाई कसैले रोक्न सक्दैन भनेजस्तै माफियाकै पेस्तोल खोसेर सबैलाई गोली हान्छु । त्यहीक्रममा बलात्कारी पनि तिनिहरूसँगै मारिन्छ । पैसा र पावरको फाइदा उठाएर बलात्कारीका बुवाआमाले आफ्ना सन्तानलाई बिगारेका हुन्छन् । बाबुआमाले राम्रो संस्कार दिनुपर्ने ठाउँमा झन् उनीहरूको कुकर्ममा साथ दिएर उनीहरूलाई नराम्रो काम गर्न हौसला दिएका हुन्छन् । त्यसैको सजाय भोग्छन् आमाबुबाले सन्तान गुमाएर ।  

तुरुन्तै किशोरलाई बोकेर अस्पताल लिएर गएँ । रमा र किस्मतलाई खबर गरेर अस्पताल बोलाएँ । रमा एकातिर बच्चा बाँचेको देखेर खुसी हुन्छिन् भने अर्कोतिर मृत्युसँग लडिरहेकोमा दुःखी । गोली लागेर रगत धेरै बगेपछि उसलाई तुरुन्त ताजा रगतको आवश्यकता पर्छ । किशोरको रगत डीएनए र अन्य आवश्यक जाँच गर्छन् ।

‘ए पोजिटिभ ब्लड’को आवश्यक हुन्छ । समूह मिल्ने भएकाले मैले तत्कालै रगत दिने कुरा राख्छु । लडाइँझगडा गर्दा ठाउँठाउँमा चोट लागेको हुनाले पहिला रगत जाँच गर्नुपर्ने कुरा हुन्छ । कतै इन्फेक्सन भए दिन नमिल्ने भनेर रगत जाँचका लागि लगिन्छ । सबै जाँचपछि रगत दिन बोलाइन्छ । मैले रगत दिएपछि बच्चाको अवस्था सामान्य हुन्छ । डाक्टरले कुरा गर्न आफ्नो कार्यकक्षमा बोलाउँछन् । रमा, किस्मत र म जान्छौं ।  

डाक्टर भन्छन्, ‘केस गम्भीर छ । उसलाई खुसी पार्नुपर्छ, हरेक इच्छा पुरा गर्नुस् ।’  

मलाई इंगित गर्दै थप्छन्, ‘सबैभन्दा ठूलो हात तपाईंको हुन्छ । बुबा भएकाले तपाई साथमै रहनुहोला ।’

रमा हत्त न पत्त बुवा राम होइन किस्मत हो भन्छिन् । तर डाक्टरको भनाइ अर्कै हुन्छ, ‘किस्मत होइन, राम नै बिरामीको पिता हो । राम र किशोरको डिएनए सय प्रतिशत मिल्छ ।’  

‘भर्खरै मैले नै जाँच गरेको हुँ,’ म भित्रभित्र एकदम खुसी हुन्छु । किस्मत, रमा र म एकअर्काको अनुहार हेर्छौं । हामी केही बोल्न सक्दैनौं ।  

रमा र मबीचमा शारिरीक सम्बन्ध निरन्तर थियो । उनको विवाहको कुराले हामीमा झगडा भएको थियो । म रिसाएको थिएँ । उनले फकाइन् र त्यो दिन नचाहँदा नचाहँदै शारीरिक सम्बन्ध भएको थियो । अकस्मात् त्यसो हुँदा कुनै सावधानी अपनाएको थिएनौं । हामी निरन्तर भेट्थ्यौं । धेरैजसो भेटघाटमा सम्बन्ध बन्थ्यो । कहिलेकाहीँ त भेटघाट पनि सम्बन्धका लागि जस्तो नि लाग्थ्यो । विवाहको दुई दिनअघिसम्म पति–पत्निको जस्तै सम्बन्ध भएको थियो । सायद त्यै अकस्मात्को सम्बन्धमा प्रमाण उनको पेटमा बसिसकेको रै’छ ।

सबैले बलात्कारको निसान भनेर फाल्न दबाब दिए पनि बच्चाको दोष नभएको भन्दै सबैका विरुद्ध बच्चाको जन्म दिने निर्णय गरेको रै’छिन् रमाले । तर अहिले उनीमाथि नै दोष आयो । रामको बच्चा भएर नफालेको भन्ने आरोप लाग्यो । उनलाई उल्टै अनेक आरोप लागेपछि मैले बोल्नैपर्ने भयो ।  

रमाको श्रीमान्ले डिर्भोस दिन चाहेको बताए । मैले रमासँग कुरा गरे । उनको चाहना बुझें । मैले उनीसँग विवाहको प्रस्ताव राखे । त्यति नै बेला रमाको श्रीमान् किस्मत आइपुगे । उनले भने, ‘तिम्रो आँखामा मैले सधैं रामका लागि माया देखेको थिएँ । ‘रमा १ तिमी उनीसँगै खुसी हुन्छौ । दुनियाँ र समाजको चिन्ता नगर । आफु खुसी हुनुपर्छ, कसैको केही लाग्दैन । तिमी र रामको जोडी भगवान्ले बनाएको हो । मबाट भएको गल्तीको प्रायश्चित गर्न चाहन्छु ।’ 

उनले मलाइ हेरिन् । मैले आफ्नो हात फैलाएँ फिल्मी पाराले । उनी दौडँदै आइन् र अँगालोमा परिन् ।

किस्मतसँग डिर्भोस भएपछि हामी विवाह ग¥यौ । अनि केही महिना त्यहाँ बसेर केही पैसा कमायौ । त्यतिबेलासम्म किशोरको अवस्था पनि सुध्रिसकेको थियो । उसले मलाई नै ‘बाबा १’ भन्न लागेको थियो । हामी एकदम खुसी भएका थियौ । अनि हामीको बचत एक करोडजति भएको थियो । नेपाल फर्कियौं । विवाह गरेको सुन्दा घरपरिवार दुखी हुनुहुन्थ्यो । छोरा पनि छ भन्दा एकदम नराम्रो मान्नुभएको थियो । उहाँहरूमा ‘को अमेरिकन लिएर आयो, अब हामीलाई छोड्छ’ भन्ने चिन्ता रहेछ । जब हामी पुग्यौं, मम्मी एकदम खुसी हुनुभयो । किशोर मेरो फोटोकपीजस्तै थियो ।  

रमालाई देखेपछि झन् खुसी हुनुभयो । सबैको खुसीका लागि फेरि विवाह गर्ने प्रस्ताव आयो । धुमधामसँग विवाह गर्यौं । मलाई मेरो माया र रमाको अनुहारमा खुसी देखेर म आफूलाई भाग्यमानी ठान्छु । हाम्रो सानो परिवारमा खुसीखुसी जीवन बिताउँछौ ।  

हाम्रो बिछोडपछि असल मान्छे र धनी बनेर हैसियत देखाउन चाहन्थें । त्यसैले मिहिनेत गरेको थिएँ । उनलाई देखाउन गरेको मिहिनेत वास्तवमा हाम्रो खुसीको पल बन्यो । सम्पत्तिका साथसाथै खुसी परिवार भयो । कमाएको एक करोडले एउटा कपि उद्योग खोल्यौं ।

त्यहीबाट मासिक दुई लाख नाफा भइरहेको छ । रमा आफू पनि काम गर्छिन् । एक्लो महसुस गर्ने र डिप्रेसनमा पुगेका हामी दुवै अहिले एकदम खुसी छौं । हाम्रो मायाको निसानी किशोर र जन्म दिने आमाबाबुको साथमा । जहाँ मेरो मम्मी, बाबा, छोरा र हामी दुई ।

प्रकाशित: ३० वैशाख २०७७ ०८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App