१५ चैत्र २०८० बिहीबार
अन्य

खुला डिपार्टमेन्टल स्टोर

बढ्दो सहरीकरणसंगै उपत्यकामा  डिपार्टमेन्ट, सुपरमार्ट लगायतका पसल खुल्नेक्रम बढ्दो छ।  तर यहाँ रहेका पुराना बजार अर्थात ‘पौराणिक डिपार्टमेन्टल स्टोर’ को रौनक भने घटेको छैन। डिपार्टमेन्ट स्टोरको  अवधारणा जस्तै गरी   मल्लकालदेखिनै (१८ औ सताव्दी)  संचालनमा आएका राजधानीको असन, भक्तपुरको सुकुलढोका र ललितपुरको मंगलबजारमा सर्वसाधरणको घुइचो घटेको छैन।

काठमाडौको भोटाहिटीदेखी इन्द्रचोकसम्मको करिब २ सय ५० मिटरको दुरीमा ‘नुन देखी सुन’ र पर्दा देखी मर्दा सम्मको सवै सामाग्री पाइन्छ। ‘यो पौराणिक डिपार्टमेन्ट स्टोर हो,’ असन सेवा समितीका अध्यक्ष अमूलकाजी तुलाधरले भने,’ राजधानीका मात्र हैन, मुलुकभरका सर्वसाधरण अझै पनि किनमेलको लागी यहाँ आउने गर्छन।’ 

त्यस्तै भक्तपुरको सुकुलढोका क्षेत्रमा रहेको करिब १ सय मिटर लम्बाईमा सय थरीकै सामान पाइन्छ। टौमडीनजिकको क्वाछेदेखि गोलमढीसम्मको क्षेत्रमा  जन्मदेखि मृत्युसम्मका हरेक सामान पाइने सस्कृतविद ओम धौभडेल सुनाउँछन्।
भक्तपुर र काठमाडौको काठक्षेत्रको बजार समेत रहेको यो ठाउँले अझै आफ्नो रौनक कायमै राखेको छ।

यस बाटामो पाइने तोरीको तेल, तामाका भाडा, मल्लकालदेखिनै पाक्दै आएको जेरी, मसला, बासका सामाग्री लगायतले स्थानीयलाई तान्ने गरेको छ। अझ त्यसमा पनि यहाँका   भित्री सहरमा कतै सिल्पकारका काठको  टुकटुक सुनिन्छ त कतै  ताम्राकारका भडाका ट्वाङ ट्वाँङ  सुनिन्छ। त्यस्तै कतै नापितहरुले कपला काटिरहेका भेटिन्टन त कतै रन्जितकारहरुले धागो रंगाइरहेका देखिन्छ। 

‘भक्तपुरको सुकुलढोका मात्र हैन सिंगो नहर नै व्यवस्थित डिपार्टमेन्टलस्टोर जस्तो लाग्छ,’ सस्कृतविद ओम धौभडेल भन्छन, ‘यहाँका प्रत्येक गलीहरु फरक फरक पेशाका लागि प्रख्यात छन।’ पाटनको मंगलबजार क्षेत्रलाई  असनबजारकै अर्कोरुप ठान्छन यहाँका  स्थानीय। ‘यहाँ पनि असनको जस्तै नुन देखि सुनसम्म सवै सामान पाइन्छ,’ ५० बर्षीय राजेश ताम्राकार भन्छन, ‘ यहि वरपरका देखि  देखि ललितपुर परपरका  गाउँसम्मको साझा बजार मंगलबजार क्षेत्र हुदै आएको छ।’

यहाँ आएपछि सवै सामान पाइने भएकाले यो प्राचिनकालदेखीनै प्रमूख व्यापारिक केन्द्रको रुपमा विकशित भएको ६८ वर्षिय कृष्णवहादुर महर्जनले सुनाए। ‘असन–इन्द्रचोकमा  के पाइन्छ हैन, के पाइन्न भन्ने हो,’  २०१४ सालदेखी पशलमा बस्दै आएका उनले भने,‘यो अझैसम्म  धनि देखी गरिव सवैको साझा पशल बन्दै आएको छ।’

किन घटेन रौनक ?
यहाँका बजारले समय अनुसार परम्परागत सामान संगै नयाँ सामानपनि राख्दै गएकाले सर्वसाधरणको  नजर सधै यस क्षेत्रमा पर्न गएको हो ।  भक्तपुरको सुकुलढोकमा रहेको झण्डै दुई सय बर्ष पुरानो आयुरवेदिक पशलका श्रीचरण आमात्य समय अनुसार परिवर्तन गर्दे जाना पसल टिकिरहेको सुनाउँछन्।

‘पहिला आयुरवेदिक सामान मात्र केन्द्रित थियो,’ उनले भने, ‘अहिले किरानाको सामान पनि राखेका कारण ग्राहकको आगमनमा कमि भएको छैन।’ उनले यसो भन्दै गर्दा काभ्रे नालाबाट आएकी  ४६ बर्षीय बिमला श्रेष्ठ मुस्कुराइन्। ‘मेरो बाजेले बाले  अहिले मैलै यसै पसलबाट सामान किन्दै छौ,’  छोरा रोचकलाई साथमा लिएर आएकी उनले भनिन्,  ‘म अहिले छोरालाई पनि यहि पसल चिनाउन आएको छु।’ पुराना सामाग्री र नयाँ सामान एकै ठाउँमा पाइनुको साथै यस ठाउँमा रहेको पहिलेदेखिकै विश्वासको कारण यो ठाउँ प्यारो लागेको बिमलाले सुनाइन्।

सुकुलढोकामा करिब ५० बर्षदेखि तेलको व्यवसाय संचालन गर्दे आएका ६९ बर्षीय रामभक्त मानन्धर सम अनुसार आफुलाई ढाल्दै गएकाले बजारले रौनक नहराएको बताउँछन। माटाको भाडामा तेल राखेर व्यवसाय संचालन गर्दे आएका उनले अहिले पसल किरानामा परिणत गरेका छन्। ‘किन्न त तेल किन्नै भनेर आउँछन,’ उनी भन्छन, ’ तेलसंगै अन्य सामान पनि किनेर लैजान्छन्।’

‘जमान बदलिदै छ , सवैको रुची अनुसार पशलमा सामान थप–घट गर्दे छौ,’अर्का एक पशलेले भने, ‘यहाँ सामान किन्न आएकाले  खाली हात फर्कनु पर्देन।’ सहरको केन्द्रमा रहेका यी बजार भनेको सहरमा तथा गाउँमा उत्पादित सामाग्री प्रदर्शन गर्ने केन्द्रविन्दु पनि भएको घौभडेल बताउँछन्। ‘यहाँ आएपछि खाली हात फर्कनु पर्देन भन्ने मान्यता छ,’ उनले भने, ‘यहि विश्वासका कारण पनि यी पुराना बजार झनै जीवन्त छन्।’

असन सवैभन्दा भिड
 यहाँका प्रत्येक चोकमा फरक–फरक सामान पाइने गर्छ। ‘असन खाद्यान्नको लागी प्रख्यात छ भने इन्द्रचोक कपडाको लागी,’अमूलकाजी भन्छन, ‘वालकुमारीमा फलाम पाइन्छ, न्ह्याकामा सुन पाइन्छ।’त्यैसैगरी  बागेमुढा रङ–रोगनका लागी प्रख्यात छ भने केलटोल ढाकाका सामानको लागी प्रसिद्ध रहेको उनले सुनाए।

पुराना घरमा पुराना सामाग्री बेच्दै आएका पशल पछिल्लो चरणमा परिवर्तन हुदै छन्। कतिपय स्थानमा नयाँ घर बनेका छन भने कपितय स्थानमा नयाँ सामाग्री थपिएका छन्। ‘कोदाको पिठो र हर्लिक्स संगै राखेको छु,’ पशले रमेश श्रेष्ठ भन्छन, ‘कोदो मन पराउने र हर्लिक्स रुचाउने दुवैको लागी बसेका हौ।’

मंगलबजारको उस्तै रौनक
पाटनको कृष्णमन्दिरदेखि दक्षिण तर्फ इटीसम्कको  करिब ३ सय मिटरको दूरीमा विभिन्न थरी सामान पाइने ७१ बर्षीय बाबुकाजी महर्जनले बताए।‘यहाँ नपाइने भन्ने केही हुदैन,’ उनले भने, ‘त्यसैले धेरैतिरका मान्छे सामान किन्न यही आउने गर्छन।’ 

अव्यवस्थीत बन्दै छ
उपत्यकाका यी  ऐतिहासिक बजार आधुनिक सवारी साधनका कारण पछिल्लो चरणमा अव्यवस्थीत बन्दै गएको छ। दुई पाग्रे तथा चार पाग्रे सवारीको चाप बढ्दा यहाँका साघुरा गल्लीमा मानिसलाई हिड्न समेत धौ–धौ पर्ने गरेको छ। ‘निर्धक्ससंग हिडेर सामान किन्न मुश्किल पर्छ,’ बिमला थप्छीन, ‘यसले  किनमेल गर्न  केही समस्या परेको छ।’

प्रकाशित: २८ मंसिर २०७६ ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App