coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

प्रकृतिलाई माया गरौ

नेपाली सेनाले लडाइँ लड्ने मात्र हैन मुलुकका विभिन्न क्षेत्रमा योगदान समेत पु-याउने गर्छ। कहिले उसले बाटो खन्ने काम गर्छ त कहिले खेलकुदमा सहभागिता जनाँउदै मुलुकको नाम अगाडि राख्छ।  यसै साता  शम्शेरदल गण नागार्जुन व्यारेकले आइतबार बालाजुस्थित पुरानो गुह्येश्वरी माविमा ‘जनतासँग नेपाली सेना’ कार्यक्रम सञ्चालन गर्दे प्रकृति संरक्षमा नेपाली भूमिकाको बारेमा जानकारी दिनुका साथै भाइबहिनीहरूले कसरी यसमा सहयोग पु¥याउन सक्छ भनेर जिज्ञासा समेत राखे।

कार्यक्रमा प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका तथा सेनाले  गरेका जनहितका कार्यबारे जानकारी दिइयो। गणको आयोजनामा ‘प्रकृति संरक्षणमा विद्यार्थीको भूमिका’ विषयमा निबन्ध लेखन प्रतियोगिता   समेत गराइयो। यसमा प्रथम, द्वितिय  र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको  शम्शेरदल गण नागार्जुन व्यारेका प्रमुख सेनानी महेश्वर कार्कीले जानकारी दिए।

कार्यक्रममा राष्ट्रिय सेवा दलमा आबद्ध  विद्यार्थीद्धारा  व्यायाम, संगीत तथा नृत्य प्रदर्शन गरे। कार्यक्रममा विद्यालयलाई विभिन्न खेलकुदका सामाग्री वितरण गरिएको थियो भने विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको कार्कीले बताए। त्यसै गरी कार्यक्रममा बाहिर देखिएका शंकास्पद सामानमाथि हात नलगाउने र आफूभन्दा ठूलालाई जानकारी गराउन सेनाले अनुरोध गरे।

प्रकाशित: २१ मंसिर २०७६ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App