५ वैशाख २०८१ बुधबार
अन्य

जापानी महिलाको समस्या

chjL kf}8\ofn

यायोई मात्सुनागाले जीवनका उर्वर २० को दशकमा हरेक दिनजसो रेलयात्रामा यौन दुव्र्यवहार खेपिन् । रेल यति भिडभाडयुक्त हुन्थ्यो कि कसले उनको पछाडिको भाग च्याप्प समात्यो भन्ने भेउ पाउनै गाह्रो हुन्थ्यो । त्यसमाथि जापानी संस्कृतिमा कसैप्रति आक्षेप लगाउनु महिला नै उस्ती हो कि भन्ने आशंका पनि जन्माउँथ्यो । तसर्थ, उनले कहिल्यै पनि त्यस किसिमको दुव्र्यवहारको विरोध गरिनन् । तीन दशकपछि भने उनले आफ्नो साथीको किशोरी छोरीमाथि सोही किसिमको दुव्र्यवहार भएको चाल पाएपछि भने समय परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको स्पष्ट छनक पाइन् ।

उनको साथीकी किशोरी छोरीमाथि भइरहेको दुव्र्यवहारका बारेमा जब रेलका अधिकारी, स्कुल प्रशासन र प्रहरीसँग कुराकानी भए पनि खासै प्रगति हुन सकेन । यसपछि ती किशोरीले आफ्नो ब्यागमा लेखिन्, ‘संवेदनशील अंगमा समात्नु अपराध हो । म निदाएको बहानामा यी सब सहन्नँ ।’

यसपछि उनले दैनिक झेलेको समस्या तुरुन्त बन्द भयो । आश्चर्यजनक रुपमा परिणाम आएपछि र यो खबर साथीबाट सुनेपछि यायोई मात्सुनागाले एउटा अभियान सुरु गरिन्, इन्टरनेटमा । इन्टरनेटमा उनले क्राउडफन्डिङ जम्मा गरिन् र ‘संवेदनशील अंगमा समात्नु अपराध हो, म निदाएको बहानामा यी सब सहन्नँ’ लेखिएको ब्याच बनाएर बेच्न थालिन् । यो सन् २०१५ को कुरा थियो । यो ब्याच लगाएपछि त सो किसिमको घटना लगभग ९५ प्रतिशतले कमी आउन थाल्यो । यस्तो प्रभावकारिता उनीहरुले यसअघि कहिल्यै महसुस गरेका थिएनन् । यस्तो प्रभावकारिता एउटा सर्भेले नै देखाएको थियो ।

यसपछि भिडभाडमा हुने यौन दुव्र्यवहार रोक्नका लागि रेल अधिकारीहरुले नयाँ उपाय निकाले । विभिन्न ठाउँमा क्यामेरा जडान गरिए ताकि दुव्र्यवहार भएको रेकर्ड गर्न सकियोस् । यति मात्र होइन, कतिपय कम्पार्टमेन्ट महिलाका लागि मात्र सुरक्षित गर्न थालियो ।

पछि नारी वु र रेमन कातायामाले एउटा मोबाइल एप बनाए, चिकन राडार । यो एपमा महिलाले आफूमाथि दुव्र्यवहार भएको चाल पाउनेबित्तिकै एप चलाउन थाल्थे र रेकर्ड हुन्थ्यो, दुव्र्यवहार हुने ठाउँ कुन रहेछ ! यस्तो ठाउँमा बाक्लै दुव्र्यवहार भएको थाहा भएमा, सचेत रहनका लागि एपले म्यासेज पठाउने गर्छ ।
अहिलेसम्म जापानका ९८१ वटा स्थानमा दुव्र्यवहार हुने गरेको देखिएको छ । र, यो डाटा उपलब्ध भएसँगै जापान प्रहरीले विशेष चनाखो हुने गरेको छ ।

प्रहरी पनि चुपचाप बसेको छैन । उसले ‘डिजी पुलिस’ नामक मोबाइल एप बनाएको छ र आफू दुव्र्यवहारमा परेको चाल पाउनेबित्तिकै युवतीहरुले सो एप चलाए त्यसबाट आवाज निस्कन्छ, ‘मर्लास् ?’ ‘ओई, तेरो हात कहाँ छ हँ ?’ यति मात्र होइन, वरिपरि कुनै टेलिभिजन वा ठूलो स्क्रिन छ भने ‘यहाँ यौन दुव्र्यवहार गर्ने राक्षस नजिकै छ, ख्याल गर्नुहोला वा सहयोग गर्नुहोला’ भन्ने अक्षर देखिन थाल्छ ।

साचिहाता नामक कम्पनीले एउटा गज्जबको सामग्री बेच्छ । उसले यस्तो चिह्न बेच्छ, जसलाई अल्ट्राभ्वाइलेट प्रकाशका माध्यमले मात्र हेर्न सकिन्छ । जस्तो मानौँ, तपाईं दुव्र्यवहारमा पर्नु भयो । तपाईंसँग साचिहाताले बेच्ने छाप छ र नजानिदो तरिकाले उसलाई छाप हानिदिनु भयो भने यो छापका बारेमा दुव्र्यवहार गर्ने व्यक्तिलाई थाहा हुँदैन । अरुलाई पनि थाहा हुँदैन तर कुनै व्यक्ति तपाइको नजिक आएको छ भने ऊ त्यस्तो व्यक्ति हो कि होइन भन्ने थाहा पाउन तपाईंसँग भएको अल्ट्राभ्वाइलेट प्रकाश वा लाइट बाल्नुपर्छ । त्यो बल्नेबित्तिकै उसलाई लगाइएको छाप तपाईंले देख्नुहुन्छ र ऊबाट परै रहन सक्नुहुन्छ ।

मानौँ, त्यस्तो व्यक्ति तपाईंको छेउमा आयो, त्यो व्यक्तिलाई अल्ट्राभ्वाइलेट लाइट बाल्दा कुनै संकेत देखिएन तर तपाईंमाथि दुव्र्यवहार गर्न थाल्यो भने पहिलो पटक तपाईंले उसलाई छाप लगाइदिन सक्नुहुन्छ । जसका कारण अरु पीडित उसका बारेमा जानकार मात्र रहने छैनन्, सचेत पनि रहने छन् ।

एन्टी ग्रोपिङ स्टाम्पको मूल्य २ हजार पाँच सय रुपैयाँ पर्छ । यो बजारमा जम्मा ५ सय वटा जारी गरिएको थियो । निस्केको ३० मिनेटमै यो सोल्डआउट भएको थियो । सन् २०१७ मा टोक्योमा २,९४३ वटा दुव्र्यवहार घटना प्रहरीकहाँ पुगेका थिए । प्रहरीकहाँ नपुग्ने घटना त अझै कति हुन्छन् । जापानी प्रहरीको अनुभवमा यसरी दर्ताका लागि आउनेहरु जम्मा १० प्रतिशत मात्र हुन्छन् ।

विकसित मुलुक भए पनि जापान सांस्कृतिक रुपमा पारम्परिक नै छ । तसर्थ, यहाँका महिलाले झट्ट प्रहरीकहाँ रिपोर्ट गर्न जाँदैनन् । ‘त्यो महिला नै उस्ती होली’ भन्ने भावना जापानीमा बढी नै हुने हुनाले दुव्र्यवहारमा परे पनि सहेर बस्ने गर्छन् । खासगरी बढी नै दुव्र्यवहारमा पर्ने हुनाले महिला कामदारहरु अबेरसम्म कार्यालयमा काम गर्न रुचाउँदैनन् न त स्कुलमा लामो समय नै रहन चाहन्छन् ।

‘महिलाको शरीरमा जहाँ पायो त्यहीँ च्याप्प समाउने व्यवहार जापानमा सामान्य रुपमा नै लिइन्छ,’ र्‍युकोकु विश्वविद्यालयकी प्राध्यापक मासाको माकिनो भन्छिन्, ‘यस्तो क्रियाकलापलाई जापानमा लामो समयदेखि नै महिलाले उनीहरुको ‘सेक्सीनेस’बारेको कम्प्लिमेन्ट ठान्छन् । यो अपराध हो भन्नेबारे अझै सचेतना आइसकेको छैन । तसर्थ, यस्ता घटना बढिरहेका छन् ।’

कानुनी रुपमा भने यो अपराध नै हो । यस्तो घटनामा पक्राउ परेकालाई पाँच लाख रुपैयाँ जरिवाना र ६ महिनासम्म काराबासको सजाय तोकिएको छ । झन् अन्य किसिमको अपराध र खासगरी हिंसा पनि प्रमाणित भयो भने त १० वर्षसम्मको जेल सजाय तोकिएको छ ।

प्रकाशित: १० मंसिर २०७६ ०६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App