coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जिरीमा रमझम

दोलखाको रमणिय उपत्यका जिरीमा शुक्रबारदेखि ‘स्ट्रिट फुड फेस्टिभल’ सुरु भएको छ। पर्यटन विकासमा समर्पित तन्नेरीहरूको संस्था युवा सञ्जालले पर्यटकीय चहलपहल बढाउन फेस्टिभल आयोजना गरेको हो।

महोत्सवको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरेका थिए। ‘जिरी सुन्दर गन्तव्य हो’, प्रमुख अतिथि भट्टराईले भने, ‘जिरीको विमानस्थल पुनः सञ्चालन गर्न पहल गर्नेछु।’

कार्यक्रममा पूर्व राज्यमन्त्री देवी खड्का, जिल्ला समन्वय समितिका उपप्रमुख मनमाया जिरेल, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, पत्रकार लक्ष्मण खड्का लगायतले जिरीको पर्यटन विकासमा सबैले हातेमालो गर्नु पर्ने बताएका थिए। 

महोत्सवस्थलमा खानाका स्टल राखिएको छ। साथमा स्थानीय जिरेल, शेर्पा, नेवार लगायत समुदायले आ–आफ्नो झाँकी प्रदर्शन गरेका थिए। कार्यक्रममा गायकहरू संजीव सिंह, प्रमोद निर्वाण, भोजराज काफ्ले, प्रेम लामा लगायतले तीन दिनसम्म गीत गाउने छन्।

सञ्जालले पहिलोपटक स्ट्रिट फेस्टिभल आयोजना गरेको हो। सञ्जालका अध्यक्ष केन्द्र ज्योति खड्का भन्छन्, ‘जिरीको पर्यटन प्रवद्र्धनका लागि यो कार्यक्रम कोशेढुँगा बन्ने आशा गरेका छौं।’

कार्यक्रमको शुभारम्भका अबसरमा जिरीको पर्यटन प्रवद्र्धन र सञ्जाललाई निरन्तर सहयोग गरिरहेका ४ जनालाई सम्मान गरियो। यसरी सम्मानित हुनेहरूमा पत्रकार अमृत भादगाउँले, मन्थली उद्योग बवाणिज्य संघका अध्यक्ष श्याम थापा, निर्माण व्यवसायी नारायण प्रधान र जिरीका युवा पासाङ शेर्पा छन्। उनीहरूलाई प्रमुख अतिथि भट्टराईले सम्मानपत्र हस्तान्तरण गरेका थिए।  

आइतबारसम्म सञ्चालन हुने महोत्सवमा खेलकुद प्रतियोगिता पनि भैरहेको छ। भलिबल खेल र सडक दौड प्रतियोगिता चलिरहेको छ।

प्रकाशित: २ कार्तिक २०७६ ०१:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App